रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व चयन , अध्यक्षमा विनाेद भारती ।

पाल्पा । रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।

वर्ष २०१९/०२० का अध्यक्ष अमन काजी शाक्यले वर्ष २०२०/०२१ का अध्यक्ष भारतीलाई पद हस्तान्तरण गरेका हुन् । जसको निर्वतमान अध्यक्षमा अमन काजी शाक्य, प्रेसिडेन्ट ईलेक्ट अरुण श्रेष्ठ, उपाध्यक्ष (भिपी) तिर्था लम्साल, सचिव (सेक्रेटरी) विक्रम सिंह, सह–सचिव (जोन्टसेक्रेटरी) सुदिप्ता पराजुली, कोषाध्यक्ष विक्रमकाजी शाक्य, सह–कोषाध्यक्ष चिरञ्जीवी आचार्य, कम्युनिटी एसडी दुर्गाबहादुर थापा, क्लव एसडी विनय खाती, प्रोफेस्नल एसडी ड्रोन भूषाल, इन्टरनेश्नल एसडी सजित खाँण रहेका छन् । त्यस्तै क्लवले उपसमिति पनि गठन गरेको छ । जसमा फाइनान्स कोडिनेटर सिन्धु पौडेल, पब्लिक रिलेसन अफिसर बालकृष्ण बस्याल, सजेन्ट एट आम पहिलो जबिन मुनान्कर्मी, सजेन्ट एट आम दोस्रो सिर्जना पाण्डे, रोटरी कोडिनेटर कलावती दाहाल र डिष्ट्रक कोडिनेटर दिक्षा गिरी रहेका छन् ।

कार्यक्रममा निर्वतमान अध्यक्ष अमन काजी शाक्यले वर्ष २०१९/०२० को कार्यकालमा क्लवमा रहेर उत्कृष्ट कार्य गर्ने पाँच जना व्यक्तिहरुलाई अवार्ड घोषण गरेका थिए । जसमा मेम्वरसिप ग्रोथ अवार्डबाट बालकृष्ण बस्याल, प्रोजेक्ट अवार्डबाट कमल अर्याल, लिडर च्वाईस अवार्डबाट सुवास गैरे, रोट्री इन्टरनेश्नल अवार्डबाट विक्रम काजी शाक्य, वेष्ट रोट्याक्ट अवार्डबाट कला दाहाल सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव पाल्पाका अध्यक्ष शिवप्रसाद देवकोटा, रोटरी क्लवका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले अवार्डबाट सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव पाल्पाका अध्यक्ष देवकोटा, रोटरी क्लवका पूर्वअध्यक्ष बज्राचार्य र रोट्याक्ट क्लवका पूर्व अध्यक्ष विवेककाजी शाक्य लगायतले नयाँ नेतृत्वको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले रोट्याक्ट संस्थाले जिल्लामा गरेका विभिन्न रचनात्मक कार्यहरु प्रति प्रशंसा गरेका थिए । क्लवका निजम दिन मियाँको स्वागत, क्लवका सदस्य

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago