झापा भद्रपुरमा पिसिआर मेसिन आइपुग्यो, साउन १५ देखि परीक्षण सुरु हुने

झापा – मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा साउन १५ गतेदेखि कोरोना भाइरसको आरटी पीसीआर परीक्षण सुरु हुने भएको छ।

स्वीस सरकारले आरटि पिसिआर मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको परीक्षण मेची अस्पताल भद्रपुरमै सुरु हुने भएको हो।

यस अघि झापामा संकलन गरिएका स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पुर्याउनु पर्थ्यो।

प्रदेश सरकारले शुक्रबार मात्र झापाका प्रदेश सांसदहरूलाई मेसिन हस्तान्तरण गरेको थियो। मेसिन अस्पताल आइपुगेपछि जडान कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ।

उक्त अस्पतालले प्रयोगशालामा काम गर्नका लागि ४ जना जनशक्ति तयारी अवस्थामा राखेको र दुईजनाका लागि आवेदन आह्वान गर्ने जनाएको छ।

अस्पतालका मेडिकल सपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार ती जनशक्तिलाई परीक्षणको तालिमका लागि विराटनगर पठाइने छ।

उनले भने, ‘मेसिनका लागि एउटा सानो सामान काठमाडौँबाट आउँदैछ। त्यो आइपुग्ने वितिक्कै परीक्षण सुरु भइहाल्छ।

अस्पतालमा स्थापना गरिने कोरोना भाइरस संक्रमण परीक्षण कक्षको झापाका प्रदेश सांसदहरुले शनिबार अनुगमन गरेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago