दुई ठूला अस्पतालले भर्ना लिन नमान्दा एम्बुलेन्समै बिरामीको निधन

विराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।

उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो मृत्यु भएको हो। दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर एम्बुलेन्समै मृत्यु भएको आफन्त र एम्बुलेन्स चालकले बताएका छन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि पदमलाई श्रीमती कमला र बहिनी चमेलीले बिहीबार कटारी अस्पताल लगेका थिए । कटारी अस्पतालले रेफर गरेपछि उनीहरुले शुक्रबार विराटनगरको नोबल मेडिकल कलेज ल्याएका थिए । दिउँसो २ बजेसम्म उनको अवस्था सामान्य थियो । बेलाबेला श्वास प्रश्वासमा समस्या भएकाले अक्सिजन लगाएका थिए ।

नोबेलले एम्बुलेन्सबाट बिरामी लिन स्ट्रेचरसमेत ल्यायो । तर पछि कोरोना जाँच गराएर मात्र आउन भन्दै अस्पतालले भर्ना लिन मानेन ।

‘नोबेलले कोशी लैजानु भन्यो, ’एम्बुलेन्स चालक तामाङले भने ‘ कोशीले पनि भर्ना गर्न मानेन ।’ पदमको मृत्युपछि श्रीमती र बहिनी एम्बुलेन्समै बेहोस भएका थिए । अस्पतालले कोरोनाको शंकास्पद संक्रमित भन्दै बेहोस आफन्तको पनि उपचार गर्न मानेन ।

चालक तामाङले बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए। ‘कोरोनाको शंकास्पद मानेर त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मीले अर्को अस्पताल लैजान सुझाव दिए,’ उनले भने, ‘त्यसपछि पदमलाई दिउँसो २:३० बजे कोसी अस्पताल पुर्‍याइएको थियो।’ कोसीको आकस्मिक कक्षबाहिर एम्बुलेन्समा लगेर राखिएका उनलाई त्यहाँका चिकित्सकले पनि लिन नमानेको उनको भनाइ छ।

 

नोबेलले भर्ना नगरेपछि एम्बुलेन्स चालक सुवास तामाङले साढे २ बजे कोशी अस्पताल ल्याए । तर सरकारी अस्पतालले पनि एम्बुलेन्सबाट बिरामी झार्न दिएन । इमर्जेन्सी वार्ड अगाडि रोकिएको एम्बुलेन्समा करिब एक घण्टापछि उनको मृत्यु भएको हो ।

बिरामी अवस्थाका उनलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार विराटनगर ल्याएका थिए। पदमलाई दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्‍याइएको थियो। तर अस्पतालले लिन मानेन।

श्वासप्रश्वासमा समया रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखि सकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए। ‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भएपनि बिरामीलाई अस्पतालले लिनै मानेन।’ नोबेलमा भने पदम एम्बुलेन्सबाट आफैँ निस्किएर स्ट्रेचरमा बसेको उनको भनाइ छ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले युवकलाई धरान रेफर गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको बताए । ‘अवस्था गम्भीर भएकाले धरान रेफर गर्ने निर्णय भइसकेको थियो’ उनले भने ‘एम्बुलेन्समै मृत्यु भयो ।’

कोशीमा सुविधा नभएका कारण धरान रेफर गर्न लागेको अवस्थामा मृत्यु भएका युवकको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।

पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए। उनीहरु एम्बुलेन्सभित्रै बेहोस भएपनि लामो समयसम्म कसैले वास्ता गरेन। अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ।

लगभग ५:३० बजेतिर पदमको शव पीपीई लगाएका स्वास्थ्यकर्मी आएर अस्पतालको आइसोलेसनमा लिएर गए। परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए। ‘अस्पताल आइपुग्दा बिरामी एकदमै सिकिस्त र अन्तिम अवस्थामा थिए,’ उनले भने, ‘कोरोना संक्रमणको आशंका गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदै गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भयो।’

डा. दासले अस्पतालका कोरोना फोकल पर्सन वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले कोसीमा उपचार सम्भव नहुने भन्दै धरान लैजान सुझाव दिएको बताए। मृतकमा कोरोना संक्रमण थियो थिएन भन्ने कुरा स्वाबको रिपोर्ट आइसकेपछि मात्रै भन्न सकिने उनले बताए। दासले स्वाब परीक्षणलाई भने प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago