काठमाडौं – मनसुनको न्यून चापीय रेखा हटेकाले सोमबारसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन्।
तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर र ठूलो वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ। यही क्षेत्रबाट रेखा बन्ने हो।
जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर रहन्छ। अहिले त्यस्तो रेखा हटेकाले आगामी तीन दिनसम्म खासै ठूलो वर्षा हुने सम्भावना देखिएको छैन।
तर सोमबार बेलुका फेरि न्यून चापीय रेखा बन्ने सम्भावना छ । त्यसका कारण मंगलबार र बुधबार अघिल्लो हप्ताजस्तै देशभर भारी वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। यस्तै दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बाग्मती, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…