काठमाडौ । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको हो ।
उक्त समितिका अध्यक्ष सञ्जीव डिएमले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै गोसाइँकुण्ड जाने यात्रुका लागि बास बस्न तयार गरिने अस्थायी छाप्रोलगायत सबै प्रकारका व्यवस्थापकीय कामसमेत बन्द गरिएको बताए ।
प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ । कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित बनेको बताउँदै अध्यक्ष डिएमले रोग नियन्त्रण भएपश्चात् समितिको तर्फबाट धार्मिक क्षेत्रमा गर्नुपर्ने सेवा निरन्तररूपमा अगाडि बढ्ने जानकारी दिए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…