लायन्स क्लब अफ पाल्पा विपनाले वृक्षारोपण कार्यक्रम सम्पन्न गर्‍यो ।

सन्ताेष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पा विपनाले  आयोजनामा तानसेन ७ सुन्दरगाउँको वंशगोपाल डाँडामा स्थापित नवदुर्गा मन्दिर परिसरमा क्लबको वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका ट्रेजरर लायन रामजी नेपालको संयोजकत्व उक्त कार्यक्रम सञ्चालन भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि डिस्टृक्ट ३२५बी २ का स्ट्राटेजिक चिफ लायन सुशील प्रधान वृक्षारोपण गरेकाेमा क्लबलाई धन्यवाद दिदै आगामी  दिनमा अझै यस्तै सामाजिक कार्य गर्न पनि आग्रह  गर्नु भयाे । कार्यक्रममा अनररी एड्भाइजर रहनुभएका प्रदेश सांसद माननीय (लायन) पुरनमान बज्राचार्यले वृक्षरोपणले स्वास्थ हावापानी प्रदान गर्ने भएकोले पुण्य काम गरेकाे आगामी  दिनमा उक्त बाेट बिरुवा संरक्षण गर्नु पर्ने पनि बताउनु भयाे । अनररी एड्भाइजर लायन बुद्वि प्रसाद शर्मा  विशिष्ट अतिथिको  तथा डिष्टृक्ट डेप्युटी को चिफ लायन राजेन्द्र लिगल, डिष्टृक्ट डिपार्टमेण्ट चिफ लायन मधु दयाल सैँजु, जोन चेयर पर्सन लायन सकुन्तला बज्राचार्य, क्लब एक्स्टेन्सन चेयर पर्सन तथा पाल्पा लायन्सका अध्यक्ष ला. शारदा नेपाल एवं लायन मोहन प्रसाद श्रेष्ठ एवम् तानसेन नपा वडा नं ७ का वडाध्यक्ष मुक्तिराम जिसी तथा वंश गोपाल क्लबका अध्यक्ष समाजसेवी युवा व्यक्तित्व प्रदीप खनाल उपस्थिति रहेकाे थियाे ।  क्लबले ५० वटा चाँप, धुपी, कपुरका बोट रोपी वृक्षारोपण गरेकाे थियो । कार्यक्रमको क्लब अध्यक्ष लायन भिम बहादुर श्रेष्ठकाे अध्यक्षता र  क्लबका सेक्रेटरी लायन रवि पाण्डेले सञ्चालनमा भएको थियो र  लायन वर्ष २०२०/२१ का वार्षिक कार्यक्रम समेत घोषणा र पास गर्ने कार्य सम्पन्न गरेको क्लबका सेक्रेटरी ले जनाउनु भएको छ ।

कार्यक्रमका वक्ताहरुले लायनवादकाल, लायन्सले के गर्छ, यस वर्ष लायन्सका योजना केके छन् भन्ने बारे जानकारी गराउनुभएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago