आईओएस फोर्टिनको अपडेट एप्पल प्रयोगकर्ताले थाहा पाउनैपर्ने नयाँ फिचर


एजेन्सी । एप्पलले पहिलोपटक भर्चुअल रुपमा आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्सको आयोजना गरेको छ । कन्फ्रेन्समार्फत एप्पलले म्याक, आईफोन, आईप्याड तथा विभिन्न एप्पल डिभाइसहरुका लागि विभिन्न नयाँ अपडेट तथा फिचहरु सार्वजनिक गरेको छ ।

  • आईओएस फोर्टिन l एप्पलको आईओएस अन्ततः आफ्नो प्रतिस्पर्धी बराबरीमा आइपुगेको छ । नयाँ अपडेटको रुपमा यो भर्सनमा होम स्क्रीनमा विडगेट्स तथा एप ड्रवेर देख्न सकिन्छ ।
  • आईओएस फोर्टिनमा विडगेट्स होम स्क्रीमा बस्नेछ । यसमा साइज र जानकारीहरु कस्टमाइज गर्न सकिन्छ ।
  • स्क्रीन मूनी सबै एपहरुलाई स्मार्ट तरिकाले वर्गीकरण गरेर राखिएको छ । जसलाई ‘एप लाइब्रेरी’ नाम दिइएको छ । यसको होम स्क्रीन सफा देखिन्छ । सजिलै एक्सेस पाउनका लागि एपहरुलाई यहाँ चलाखीपूर्ण तरिकाले वर्गीकरण गरिएको छ ।
  • एप क्लिप ले प्रयोगकर्तालाई आवश्यक परेको बेला सही समयमा निश्चित एपमा एक्सेस दिन्छ । एप्पल डिजाइन एप क्लिप कोडलाई स्क्यान गर्नुभयो भने तपाईंले चाहेको एपको मिनी भर्सन पप अप हुन्छ ।
  • कम्पनीले म्यासेजमा अपडेट गरेको छ । अब महत्वपूर्ण कुराकानी सबैभन्दा माथि देख्न सकिनेछ । च्याटमा इनलाइन रिप्लाई र थ्रेडहरु एक्टिभैट हुनेछन् ।
  • मिमोजीमा नयाँ समावेशी र विविध फिचहरु आएका छन् । जसमा हेयरस्टाइल, हेडवेयर, फेस कभरिङ लगायतका कुराहरु थप भएका छन् ।
  • म्यापहरु ग्रिनर रुटमा केन्द्रीत हुनेछन् । विद्युतीय सवारीसाधन ट्रयाकिङ र साइकलको मार्ग पनि यसमा समावेश गरिनेछ ।
  • एप ट्रयाकिङ हेर्न तथा बुझ्न अझै सजिलो बन्नेछ ।

आईओएस फोर्टिनका थप फिचर

  • एप्पल ट्रान्सलेटले अब सबै सिस्टमलाई अनुवाद गर्नेछ । साथै दुई फरक भाषाबीचको कुराकानीलाई पनि सहजीकरण गरिदिनेछ ।
  • सिरीले आफ्नो ज्ञानलाई विस्तार गरेको छ । अब यसले इन्टरनेटमा उत्तर खोज्न सहयोग गर्नुका साथै अडियो सन्देश पठाउन पनि सहयोग गर्नेछ ।
  • होम एपले नयाँ अटोमेसन सजेसनको साथमा स्मार्ट होम कन्ट्रोललाई अझ सजिलो बनाएको छ ।
  • एयरपड अटोमेटिक डिभाइस  स्विचिङसँगै अब जुनसुकै एप्पल डिभाइसमा चल्नसक्ने भएको छ । साथै यसले अब स्पाटियल (स्थानीय भाषामा) अडियो पनि निकाल्न सक्नेछ ।
  • डिजिटल कार कीले अब प्रयोगकर्ताहरुलाई आईफोन र एप्पल वाचको मद्दतबाट सुरक्षित रुपमा कार अनलक गर्न र चलाउन सघाउनेछ ।
  • नयाँ फाइण्ड माई नेटवर्क एसेसरी प्रोग्रामको सहायताले अब थर्ड पार्टी प्रडक्ट र एसेसोरिजहरु खोज्न सजिलो भएको छ ।
  • सफारीले प्राइभेसी रिपोर्टको सुविधा दिएको छ ता कि प्रयोगकर्ताहरुले सजिलै कुन क्रश साइट ट्र्याकर ब्लक भएको छ भन्ने कुरा सजिलै थाहा पाउन सकून् । सुरक्षित पासवर्ड मनिटरिङले प्रयोगकर्ताहरुलाई डेटा चोरीमा संलग्न हुनसक्ने सेभ भएका पासवर्ड खोज्न सहयोग गर्नेछ । यस्तै सबै वेबपेजका लागि ब्यूल्ट ईन ट्रान्सलेसन समावेश रहेका छन् ।
  • स्लिप ट्रयाकिङ ह्येल्थ एपमा आएको छ ।
  • फेस शेयरिङको साथमा वाचओएस सेभेन अपडेट सुरु भएको छ । यदि तपाईंको जस्तै वाच फेस भएको साथी भेट्नु भयो भने तपाईंले म्यासेज, मेल र एप स्टोरको माध्यमबाट सिधै शेय गर्नसक्नुहुन्छ ।
  • नाइक रन क्लब जस्ता विभिन्न एप्लिकेसनहरुमा उच्च स्तरको कम्टमाइजेबल वाच फेस अपडेट भएको छ । सबै किसिमको गतिविधि र जीवनशैलीमा सुहाउने गरी यसको डिजाइन गरिएको छ ।
  • प्रयोगकर्ताहरुलाई उनीहरुको निन्द्रा पुरा गर्न सहयोग गर्ने सफ्टवेयको नयाँ फिचर स्लिप ट्रयाकिङ फिचर जारी भएको छ । यसले इन्टेलिजेन्सीको प्रयोगबाट निन्द्राको डेटा संकलन गर्नसक्छ ।
  • अहिलेको लागि एकदमै सान्दर्भिक फिचर वाच ओएस सेभेनमा आएको छ । यसमा अटोमेटिक ह्याण्ड वासिङ डिटेक्सन छ । कम्तिमा २० सेकेन्ड तपाईंले हात धोएको छ वा छैन भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।
  • एप्पल वाचमा रहेको वर्कआउट एप्लिकेसनमा चार किसिमका नयाँ उत्साहजनक वर्कआउट छन् । यसलाई शक्तिशाली हर्ट रेट र कस्टम ब्युल्ट मोसन अल्गोरिदमले सपोर्ट गरेको छ । यसमा कोर ट्रेनिङ, ड्यान्स, फंसनल स्ट्रेन्थ ट्रेनिङ र कूल डाउन रहेका छन् ।
  • कानको स्वास्थ्यलाई सुधार गर्न वाच ओएस सिक्समा बनाइएको नोइज एप्लिकेसन वाच ‌ओएस सेभेनमा राखिएको छ । यो फिचले प्रयोगकर्तालाई उनीहरु कति ठूलो आवाज सुनिहेका छन् भन्ने कुरा बुझ्न मद्दत गर्दछ ।
  • आईओएस र आईप्याड फोर्टिनमा नयाँ फिचर निर्माण गरिएको छ । एप्पल म्यापको सहयोगले अब तपाईंको हातको घडीमा नै साइक्लिङ डाइरेक्सन पाउन सक्छ । प्रयोगकर्ताले अब एप्पलको न्युरल इंजिन प्रयोग गरी सिरी  एप्पल वाचबाट विभिन्न भाषाहरु सजिलै र चाँडै अनुवाद गर्न सक्नेछन् ।

           आईप्याड ओएस फोर्टिन 

  • इनकमिङ फेसटाइम र फोन कलमा नयाँ कम्प्याक्ट डिजाइन रहेको छ । सिरी इन्टरयाक्सन र सर्चले प्रयोगकर्ताहरुलाई ध्यानमग्न हुन र धेरै काम गर्न मद्दत गर्दछ ।
  • आईप्याड फोर्टिनमा आईप्याडका लागि एप्पल पेन्सिल सहित स्क्रिबल पनि आएको छ । यसले प्रयोगकर्ताहरुलाई जुनसुकै टेक्स्ट फिल्डमा लेख्न अनुमति दिन्छ ।
  • यो डिभाइसमा भएका सबै कुराकानी र हस्तलिखित सुरक्षित र गोप्य रहनेछन् ।
  • डेटा डिटेक्टरले अब हातले लेखिएका टेक्स्टहरुसँग काम गर्दै, फोन नम्बर, मिति, ठेगाना सबैलाई पहिचान गर्नेछ । साथै अब लेखिएका नम्बरहमा ट्याप गरेर नै फोन कल गर्न समेत सकिने छ ।

          म्याक ओएस बिग सर

  • बिग सर ताजा र खुल्ला स्पेस डिजाइनसँग आएको छ । तर यसमा सजिला कन्ट्रोलहरु हुनेछन् ।
  • होम स्क्रीनको माथि दायाँतिर सजिलो टोगलका लागि कन्ट्रोल सेन्टरहरु राखिएका छन् ।
  • सफारीमा व्यापक अपडेट भएको छ । कस्टमाइजेसन, ट्याब र गोपनीयताका कुराहरुमा विशेष ध्यान दिइएको छ ।
  • सफारीमा भएको प्राइभेसी रिपोर्टले प्रयोगकर्ताहरुलाई कुन वेबसाइटले उनीहरुलाई ट्रयाकिङ गर्दैछ भन्ने कुराको जानकारी दिन्छ । साथै उनीहरु कसरी ट्र्याक भइरहेका छन्  र उनीहरु के गर्न सक्छन् भन्ने जस्ता कुराको जानकारी समेत पाउन सक्छन् ।
  • म्यासेज पिनिङ, ईन लाइन रिप्लाई तथा थ्रेड यी सबै म्याक ओएस बिग सर म्यासेज एपमा पनि पाउन सकिन्छ ।
  • म्याप नयाँ लुक्समा आएको छ र रूट प्लानिङ पनि सजिलो भएको छ ।

          डेभलपरहरुका लागि थप अपडेट

  • एक्सकोड १२ ले डेभलपरहरुलाई एपमा काम गर्न र एप बनाउन सजिलो बनाइदिएको छ ।
  • स्विफ्ट यूआईमा महत्वपूर्ण अपडेटहरु भएका छन्  । जसले सबै एप्पल प्लेटफर्मभर डेभलपरहरुले शेयर गरेका कोड सबै एपमा लेख्न सक्छन् ।
  • म्याक क्याटेलिस्टले डेभलपरहरुलाई उनीहरुको आईप्याड एपलाई म्याकमा ल्याउन सजिलो बनाइएको छ ।
  • म्याक क्याटेलिस्ट एपमा अटोमेटिकल्ली नयाँ लूक आएको छ । यसले डेभलपरहरुलाई शक्तिशाली नयाँ एपीआई दिएको छ । यसको माध्यमबाट उनीहरुले एपको स्वभाव र लूकमा नियन्त्रण जमाउन सक्छन् ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago