बुधबार राति घरेलु मैदानमा भएको खेलमा इंग्लिस प्रीमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-० ले पराजित गर्दै फराकिलो जित निकालेको छ ।
एलेक्जेन्डर अर्नोल्डले २३ औं मिनेटमा, मोहमद सलाहले ४४ औं मिनेटमा, फाबिन्होले ५५ औं मिनेटमा र साडियो मानेले ६९ औं मिनेटमा गोल गर्दै लिभरपुलले शानदार नतिजा निकालेको हो ।
३१ खेलबाट ८६अंक जोडेको लिभरपुल यस वर्षको लिग जित्न उपाधिबाट मात्र दुई अंकले पछी छ । उपाधी जितेसंगै लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधी चुम्नेछ ।
चेल्सीको मैदानमा आज राती १ बजे हुने म्यान्चेस्टर सिटी संगको भिडन्तले लिभरपुलको उपाधि यात्रा तय गर्ने छ । म्यान्चेष्टर सिटीले चेल्सीलाई हराउन नसकेको खण्डमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्नेछ ।
यस्तै एन्थोनी मार्सियलको ह्याट्रिकको मद्दतले म्यानेचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोलले पराजित गरेको छ ।
म्यानेचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलामा मार्सियलले पहिलो गोल ७ औ मिनेटमा गरेका थिए । त्यसपछी क्रमश: खेलको ४४ औं र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
यस जितसँगै युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा यथावत रहेको छ । म्यानचेस्टर टोलीले ३१ खेलमा ४९ अंक जोडेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…