पाल्पा । भारतको गुजरात वाट २७ दिन पहिला पाल्पा आईपुगेका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित युवा माथागढी गाउँपालिकाको वडा नं. १, चिदीपानीमा रहेको सौभाग्य मा. वि. को क्वारेन्टाईनमा वसेर आरडिटी परीक्षणपछि १७ दिन पहिला घर गएका थिए । उनी घर गएको ७ दिन पछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछी उनलाई तिन दिन अगाडी तानसेन स्थित आईसोलेसनमा ल्याईएको थियो । उनी घर फर्किपछि गाउँमा गाउँका स्थानिय युवाहरु संग वसी खसी काटेर खानपीन गरेका थिए । स्थानिय विशाल वि.क. का अनुसार संक्रमित युवा गाउँमा मेलापात तथा अन्य कार्यमा सहभागी भए.का थिए ।
माथागढी गाउँपालिकाको स्वस्थ्य शाखा प्रमुख धु्रव सुनारका अनुसार संक्रमित युवाको घर छिमेक अहिले सिल गरीएको छ । त्यस क्षेत्रमा कसैलाई पनी जान दिईएको छैन भने त्यहाँवाट कसैलाई पनी वाहीर आउन दिईएको छैन । प्रमुख सुनारका अनुसार अहिले संक्रमित युवाको गाउँमा गई कन्ट्रयाक ट्रेसिङ्ग गर्न लागीएको छ ।
माथागढी गाउँपालिका वडा नं १ को वुद्धिकोटमा १३ घरका ५० जना भन्दा धेरै वसोवास गर्छन । आरडिटी परीक्षणपछि घर गएकामा पुन पीसीआर गर्दा कोरोना सङ्क्रमण देखिएपछि स्थानियमा त्रास फैलिएको छ भने समुदायमा कोरोना संक्रमणको जोखिम वढेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…