आरडिटीले झुक्यायो, संक्रमित युवा गाउँको मेलापातमा

पाल्पा । भारतको गुजरात वाट २७ दिन पहिला पाल्पा आईपुगेका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित युवा माथागढी गाउँपालिकाको वडा नं. १, चिदीपानीमा रहेको सौभाग्य मा. वि. को क्वारेन्टाईनमा वसेर आरडिटी परीक्षणपछि १७ दिन पहिला घर गएका थिए । उनी घर गएको ७ दिन पछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछी उनलाई तिन दिन अगाडी तानसेन स्थित आईसोलेसनमा ल्याईएको थियो । उनी घर फर्किपछि गाउँमा गाउँका स्थानिय युवाहरु संग वसी खसी काटेर खानपीन गरेका थिए । स्थानिय विशाल वि.क. का अनुसार संक्रमित युवा गाउँमा मेलापात तथा अन्य कार्यमा सहभागी भए.का थिए ।
माथागढी गाउँपालिकाको स्वस्थ्य शाखा प्रमुख धु्रव सुनारका अनुसार संक्रमित युवाको घर छिमेक अहिले सिल गरीएको छ । त्यस क्षेत्रमा कसैलाई पनी जान दिईएको छैन भने त्यहाँवाट कसैलाई पनी वाहीर आउन दिईएको छैन । प्रमुख सुनारका अनुसार अहिले संक्रमित युवाको गाउँमा गई कन्ट्रयाक ट्रेसिङ्ग गर्न लागीएको छ ।
माथागढी गाउँपालिका वडा नं १ को वुद्धिकोटमा १३ घरका ५० जना भन्दा धेरै वसोवास गर्छन । आरडिटी परीक्षणपछि घर गएकामा पुन पीसीआर गर्दा कोरोना सङ्क्रमण देखिएपछि स्थानियमा त्रास फैलिएको छ भने समुदायमा कोरोना संक्रमणको जोखिम वढेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago