पाल्पा । तानसेन नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार थप भएका १२१ जना मध्ये ३ जना तानसेन नगरपालिकाका रहेका छन् । यो संगै पाल्पाका १० वटै स्थानिय तहमा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेनको बतासेडांडा स्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका पूरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए । यससँगै जिल्लामा संक्रमितको संख्या ३६९ पुगेको छ । जस मध्ये ३ जना भने छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका रहेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । विहिवार थप पुष्टी भएका मध्ये निस्दी गाउँपालिकाका ९३ जना, रम्भा गाउँपालिकाका ६ जना, पुर्वखोला गाउँपालिकाका १८ जना, तानसेन नगरपिलकाका ३ जना र तिनाउ गाउँपालिकाका १ जाना रहेका छन् । पछिल्ला संक्रमित सबै भारतका विभिन्न स्थानबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यस अघि पाल्पाको रामपुर नगरपालिकामा १६ जना, बगनासकालीमा २८,पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, सक्रमित भएका छन । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन ।

संक्रमित बढेसंगै गाउँपालिकाहरुलाई आइसोलेसन व्यवस्थापनमा कठिनाई भएको छ । रैनादेवी छहरा, पुर्वखोला र निस्दी गाउँपालिकाले आइसोलेसनको अभाव देखिएको छ । गाउँ गाउँमा बाटो पहिरो गएकोले संक्रमितहरुलाई तानसेनको आईसोलेसन ल्याउन कठिन भएको छ । एकैपटक ठूलो संख्यामा संक्रमित थपिएपछि उनीहरुलाइ  कसरी व्यवस्थापन गर्ने भन्नेमा चुनैती देखीएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago