पाल्पा । तानसेन नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार थप भएका १२१ जना मध्ये ३ जना तानसेन नगरपालिकाका रहेका छन् । यो संगै पाल्पाका १० वटै स्थानिय तहमा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेनको बतासेडांडा स्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका पूरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए । यससँगै जिल्लामा संक्रमितको संख्या ३६९ पुगेको छ । जस मध्ये ३ जना भने छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका रहेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । विहिवार थप पुष्टी भएका मध्ये निस्दी गाउँपालिकाका ९३ जना, रम्भा गाउँपालिकाका ६ जना, पुर्वखोला गाउँपालिकाका १८ जना, तानसेन नगरपिलकाका ३ जना र तिनाउ गाउँपालिकाका १ जाना रहेका छन् । पछिल्ला संक्रमित सबै भारतका विभिन्न स्थानबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यस अघि पाल्पाको रामपुर नगरपालिकामा १६ जना, बगनासकालीमा २८,पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, सक्रमित भएका छन । उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन ।

संक्रमित बढेसंगै गाउँपालिकाहरुलाई आइसोलेसन व्यवस्थापनमा कठिनाई भएको छ । रैनादेवी छहरा, पुर्वखोला र निस्दी गाउँपालिकाले आइसोलेसनको अभाव देखिएको छ । गाउँ गाउँमा बाटो पहिरो गएकोले संक्रमितहरुलाई तानसेनको आईसोलेसन ल्याउन कठिन भएको छ । एकैपटक ठूलो संख्यामा संक्रमित थपिएपछि उनीहरुलाइ  कसरी व्यवस्थापन गर्ने भन्नेमा चुनैती देखीएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago