काठमाडौैं । प्रधानमन्त्री केपी ओलीले आज साँझ देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उहाँले बताउनु भयो । प्रधानमन्त्रीको सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बस्ने प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । आईतबार बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो । त्यही बैठक आज साँझ ५ बजे बस्ने भएको हो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…