तिनाउ वडा नं ५ काेलडाँडामा दाेस्त्राे चरणकाे राहत वितरण संकटकाे बेला सरकार आयो भनी स्थानीय खुशी ।

सन्तोष गहतराज,पाल्पा बैशाख ,पाल्पाको तिनाउ गाउँपालिका वडा नं ५ काेलडाँडाले काेराेना भाइरस संक्रमण राेकथामकाे लागि गरिएको बन्दाबन्दीकाे कारण समस्यामा परेका अति विपन्न वर्गका नागरिकहरूकाे लागि दाेस्त्राे चरणको राहत वितरण कार्य सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे उपस्थितिमा वडा न ५ का करिब २०० जना विपन्न परिवारलाई २० किलाे चामल(प्रती परिवार) वितरण गरिएको हाे । तिनाउ गाउँपालिकाकाे रूपैयाँ १ लाख तथा सत्यवती चुन उत्खनन प्रा लीकाे १ लाखले राहत सामान खरिद गरी वितरण गरेकाे वडा नं ५ का वडा अध्यक्ष दल बहादुर दर्लामीले बताउनु भयाे ।राहत सामाग्री वडा न ५ काे काेलडाँडा, विस्कुनडाँडा, मरामकाेट,चरचरे,चाैबिस माईल तथा वडा नं ४ काे वारीडाँडा र जाल्माघाटका विपन्न परिवारलाई वितरण गरिएको थियो । गाउँपालिका अध्यक्षओम अाेम बहादुर घर्ती मगर र सत्यवती चुनढुङ्गा खानी प्रा लीका व्यवस्थापक रूक बहादुर थापाबाट राहत सामाग्री वडालाई हस्तान्तरण गरि वडा समिति,वडा पाटी प्रतिनिधि,टाेल विकास सस्थाका संयाेजकहरू सहितकाे बैठकले विपन्न परिवार छनाेट गरी राहत वितरण गरिएको युवा समन्वय समिति तिनाउका संयाेजक प्रेम श्रेष्ठले गोर्खालीभ्वाईस सँगकाे कुराकानीमा बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago