सबै पालिकामा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली।

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले टोली परिचालित हुनेछन् । उनीहरुले कोराना शंकास्पद व्यक्ति र उनीहरुको निकट सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएर स्वास्थ्य परीक्षण गर्नेछन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार बिहीबार प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा ७८ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको छ । यी नमूना उदयपुरको चौदण्डीगढी र त्रियुगा नगरपालिकाका बिभिन्न ठाउँहरुमा संकलन गरिएको थियो ।

‘खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनु अगाडि उहाँहरु बसेको मस्जिद वरिपरि बसेका परिवारहरुबाट यो नमूना संकलन गरिएको छ’ डा. देवकोटाले भने, ‘अरु थप नमूना परीक्षण गर्ने योजना छ । त्यो अनुसार नमूना संकलन गरिरहेका छौं ।’उनले करिब १५ सय स्वाब नमूना संकलन गर्न प्रदेश २ का ८ वटै जिल्लामा स्वास्थ्यकर्मीहरुको टोली परिचालन पनि गरिएको जानकारी दिए ।

377
SHARES
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago