मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा खाद्यान्न बितरण,दुख परे सम्झनुस्-अध्यक्ष श्रेष्ठ।

नारायण प्रभु ,१२ बैशाख नवलपुर , मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज कावासोती १२ पिठौलिमा खाद्यान्न बितरण गरेको छ।कावासोती १२ पिठौलीमा रहेका माझी बोटे मुसहर बस्तीका १५ घरपरिवारलाई खाद्यान्न बितरण गरेको हो।
ट्रस्टले गरेको पुण्य कार्यको प्रशंसा गर्दै स्थानीय युवाहरूले पनि नुन, तेल, साबुन लगाएतका सामग्रीहरु थप गरि ट्रस्ट मार्फत उक्त परिवारलाई हस्तान्तरण गरेका छन।विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो। ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो ।
ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको अनुभव सुनाउदै अब लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब मजदुरहरुलाई खाद्यान्न बितरण गरिने श्रेष्ठले जानकारी दिनुभयो। सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती १२ पिठौलीमा बितरण गरिएको कार्यक्रममा श्याम श्रेष्ठ, लालचन श्रेष्ठ,एम.डि. कंडेल, गायक राजन गुरुङ,मीन घले, सागर गुरुङ लगाएतको उपस्तिथि रहेको थियो।लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने जानकारी गराउन समेत ट्रस्टका संरक्षक लालचन श्रेष्ठले अनुरोध गर्नुभएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago