पाल्पाको माथागढी गाउँपालिकाले दीर्घ राेगी विरामीलाई निशुल्क औषधी उपलब्ध गराउने ।

सन्ताेष गहतराज , पाल्पा बैशाख १२, जिल्लाको माथागढी गाउँपालिकाले दिर्घरोगीले नियमित सेवन गर्नुपर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । दिर्घरोगीहरुका लागि औषधि लिन सदरमुकाम वा बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेकाले लकडाउनका बेला उनीहरु बढी प्रभावित हुने भन्दै गाउँपालिकाले घरमै निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।
कोरोना भाईरसको संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै नियमित औषधि सेवन गर्ने दिर्घरोगीहरूका लागि लकडाउन अवधिभर निःशुल्क औषधि व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।लकडाउनको पूर्ण पालना र कोरोना संक्रमण हुन नदिन गाउँपालिकाले निःशुल्क रुपमा घरमै औषधि पुर्याउने निर्णय गरेको हो । लकडाउनका बेला क्यान्सर,सुगर, प्रेसर, मुटु र बाथ लगायतका रोगको औषधि किन्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिका भित्र नै औषधि उपलब्ध गराउने ब्यवस्था मिलाईने अध्यक्ष थापाले बताए । उनले भने, ‘दिर्घरोगीहरूको विवरण स्वास्थ्य चौकी मार्फत संकलन गरी नेपाल सरकारले निःशुल्क भनिएका बाहेकका औषधिहरु उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।’
कोरोना संक्रमण जोखिम नियन्त्रण र औषधि सेवन गर्न नपाएकै कारण दिर्घरोगीहरुको स्वास्थ्यस्थिती नबिग्रीयोस भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो सुविधा उपलब्ध गर्न लागेको अध्यक्ष थापाले बताउनु भयो ।
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago