पाल्पाको माथागढी गाउँपालिकाले दीर्घ राेगी विरामीलाई निशुल्क औषधी उपलब्ध गराउने ।

सन्ताेष गहतराज , पाल्पा बैशाख १२, जिल्लाको माथागढी गाउँपालिकाले दिर्घरोगीले नियमित सेवन गर्नुपर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । दिर्घरोगीहरुका लागि औषधि लिन सदरमुकाम वा बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेकाले लकडाउनका बेला उनीहरु बढी प्रभावित हुने भन्दै गाउँपालिकाले घरमै निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो ।
कोरोना भाईरसको संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै नियमित औषधि सेवन गर्ने दिर्घरोगीहरूका लागि लकडाउन अवधिभर निःशुल्क औषधि व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।लकडाउनको पूर्ण पालना र कोरोना संक्रमण हुन नदिन गाउँपालिकाले निःशुल्क रुपमा घरमै औषधि पुर्याउने निर्णय गरेको हो । लकडाउनका बेला क्यान्सर,सुगर, प्रेसर, मुटु र बाथ लगायतका रोगको औषधि किन्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिका भित्र नै औषधि उपलब्ध गराउने ब्यवस्था मिलाईने अध्यक्ष थापाले बताए । उनले भने, ‘दिर्घरोगीहरूको विवरण स्वास्थ्य चौकी मार्फत संकलन गरी नेपाल सरकारले निःशुल्क भनिएका बाहेकका औषधिहरु उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।’
कोरोना संक्रमण जोखिम नियन्त्रण र औषधि सेवन गर्न नपाएकै कारण दिर्घरोगीहरुको स्वास्थ्यस्थिती नबिग्रीयोस भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो सुविधा उपलब्ध गर्न लागेको अध्यक्ष थापाले बताउनु भयो ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago