पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा भइरहने बताएका छन्।
सरकारले सोमबार जारी गरेका अध्यादेश फिर्ता लिने निर्णय गरेपछि ट्वीट गर्दै भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गोली लागेर प्रधानमन्त्री ओली आफैं घाइते भएको बताए।‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएछन्। यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानबिन/कारबाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!,’ उनले लेखेका छन्। यसअघि समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए।
पार्टी फुटाउने योजनासहित ल्याइएका सांसद यादवलाई मेरियट होटलमा राखिएको थियो। उनी बिहीबार बिहान उक्त होटलबाट फुत्किएपछि समाजवादी पार्टी फुटाउने योजना तुहिएको थियो।यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि अपहरण शैलीमा सांसद उठाउनेलाई कारबाही हुनुपर्ने माग गरेको छ।‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश! कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्,‘जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं। पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…