नेपाल प्रेस युनियनले सञ्चारमाध्यमका हितमा समय मै सोच्न सरकारलाई अनुरोध ।

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना भाइरसको संक्रमणबीच आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन र जागिर सुरक्षित राख्न सञ्चार माध्यमसंग माग गरेको छ ।
केही ठूला सञ्चार प्रतिष्ठानले हालै सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र बेलतबी बिदामा बस्न निर्देशन दिने गरेको भन्ने समाचारप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको युनियनका अध्यक्ष बद्री सिग्देलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युनियनले नागरिकलाई हरपल सूचना सम्पेषण गर्ने सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमलाई यस संकटमा सहयोग गर्नका लागि तत्काल राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा धिप्धिप् बलिरहेको दियो झै हाल सञ्चालनमा रहेका सञ्चारमाध्यमका हितमा समय मै सोच्न सरकारलाई अनुरोध समेत गरिएको छ ।
Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago