नेपाल प्रेस युनियनले सञ्चारमाध्यमका हितमा समय मै सोच्न सरकारलाई अनुरोध ।

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना भाइरसको संक्रमणबीच आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन र जागिर सुरक्षित राख्न सञ्चार माध्यमसंग माग गरेको छ ।
केही ठूला सञ्चार प्रतिष्ठानले हालै सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र बेलतबी बिदामा बस्न निर्देशन दिने गरेको भन्ने समाचारप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको युनियनका अध्यक्ष बद्री सिग्देलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युनियनले नागरिकलाई हरपल सूचना सम्पेषण गर्ने सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमलाई यस संकटमा सहयोग गर्नका लागि तत्काल राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा धिप्धिप् बलिरहेको दियो झै हाल सञ्चालनमा रहेका सञ्चारमाध्यमका हितमा समय मै सोच्न सरकारलाई अनुरोध समेत गरिएको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago