सन्ताेष गहतराज , पाल्पा बैशाख १२, कोरोना भाइरसको कारण खाद्यान्नको अभाव हुनसक्ने भन्दै रैनादेवी छहरा गाउँपालिकाले बर्षौ देखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो । बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी दुई हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।
यस्तै बाँझो जमिनमा अन्नबाली र तरकारी खेति गरेमा पालिकाले प्रतिरोपनी तिन हजार रुपैयाँ दिने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार काेरोनाको कारण मानिसहरु गाउँ गाउँमा आएकाले समेत खेतीमा प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानको नीति लिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन्तला, तेजपात, अदुवा, कागती लगायको व्यवसायिक खेतीको प्रचुर संभावना रहेको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताउनुभयो । यि क्षेत्रमा समेत किसानको आर्कषण बढाउन सकेमा आयआर्जन सँगै आत्मनिर्भरतामा समेत अगाडि बढाउन सकिने खत्रीको भनाई छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…