लकडाउनको समयमा तनावबाट मुक्त रहन के गर्ने ?

काठमाडौं : नेपालमा सरकाले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्मलाई लकडाउन गरेको छ । विश्‍वभर कोरोना भाइरसको महामारी फैलिएपछि अहिले नेपालमा लकडाउन लागू गरेको छ।

लामो समय घरमै बस्नुपर्ने भएपछि धैरैजसोलाई मानसिक तनावले सताउन थालेको छ।यतिबेला मुलुकभरका स्कुल, कलेज र संघ संस्थाहरू पनि  बन्द छन्।कतिपय मानिस घरमै बस्नुपर्दाको पीडा साथै एक प्रकारको भय सृजना भएको छ, सामाजिक संजालमा कतिपय मानिसले पीडा पोख्न थालेका छन्।  कोही कस्तो समय आइलागेको भन्दै आफन्तसँग त्रास बाँडिरहेका छन्। यतिबेला सबैमा एकै किसिमको भय सृजना भएको छ कसरी बाँच्ने।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ३ लाख ८२ हजार १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

नेपालमा हालसम्म दुईजनामा (COVID-19) कोरोना भाइरस देखिएको छ। एकजनाको उपचारपछि संचो भएको अवस्था छ। छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमित देखिएका छन्। यस्तो बेलामा देशका हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ। आफूलाई स्वस्थ राख्न नियमित सरसफाईदेखि खानपानशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ। तल केही टिप्स दिइएका छन्। यसले पनि तपाईको स्वास्थ ठीक राख्न केही मद्त गर्नेछ।

नियमित शारीरिक व्यायाम गर्नुहोस् : बिहान सबैरै उठ्नुहोस्। ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्नुहोस। तपाईंको दिमाग सही दिशामा चल्नेछ ।  व्यायामले तनावलाई कम गर्दछ। घरको कम्पाउन्ड फराकिलो छ भने २०/२५ मिनेट जति हिड्ने गर्नुहोस्।

सन्तुलित खाना खानुहोस् : भनिन्छ खानाको प्रकारले व्यक्तिको आनीबानी देखाउँछ। त्यसैले पौष्टिक खाना खानुहोस्। पानी र झोलिलो पर्दाथ प्रशस्त मात्रामा पिउनुहोस्। मन तातो पानीबाट दैनिकी सुरुवात गर्नुहोस्। बेलुकाको खानामा रोटी, साग,दूध खानुहोस्। राती सुत्दा मनतातो दूध वा मन पानी पिएर सुत्नुहोस्।

संगीत, पढाइ नियमित बनाउने : यदि तपाईं यतिबेला घरमा एक्लै हुनुहुन्छ भने पक्कै पनि आफूलाई एक्लो महशुस गरिरहनु भएको होला। यस्तो बेलामा तपाईले संगीत सुन्ने र किताब पढ्ने गर्नु भयो भने भने पक्कै पनि राहत मिल्नेछ । आफूलाई मनपर्ने कुनै पेन्टिङ पनि गर्नसक्नु हुन्छ।

परिवारसँग रमाउनुहोस् :  सधैं काममा व्यस्त भएकाहरुलाई यतिबेला एउटा संयोग जुरेको छ परिवारसँग बस्ने। यो अवसर हामीले चाहेर पनि कहिल्यै पाउँदैनौ। त्यसैले यतिबेला बाबु आमा छोराछोरी सबै सँगै मिलेर खाना पकाउने, सरसल्लाह गर्ने  गर्नुपर्छ।यसो गर्दा आत्मियता बढ्नुको साथै तनाव पनि कम हुन्छ।

अनिदो नबस्ने : जो निद्रामा सम्झौता गर्दछ उसको स्वास्थ्यमा गम्भीर असर पुग्छ। निन्द्रा अभावका कारण कतिपय मानिस विभिन्न शारीरिक तथा मानसिक रोगबाट ग्रसित छन्। यदि तपाईं राम्ररी सुत्नु हुन्छ भने त्यसले शरीरमा बेग्लै उर्जा दिन्छ। साथै, काम पनि ठीकसँग गर्न सकिन्छ।

आत्तिएर कहिले गाउँ जाने: कहिले सहर जाने प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी छ । जति आवतजावत बढ्यो त्यति नै संक्रमण फैलिने डर हुन्छ | तसर्थ जो जहाँ छ, त्यहीं बस्ने प्रवृतिलाई प्रोत्साहन गर्नु उपयुक्त हुन्छ ।

कोरोना संक्रमण भइहाले पनि डराउनु पर्दैन : ८५ % संक्रमित बिरामीलाई सामान्य लक्षण देखिएर निको हुन्छ ।बाँकीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।मृत्युदर नगन्य मात्र छ ।
हल्ला : भ्रम र कपोकल्पित कुरामा विश्वास नगर्नुहोला । आधिकारिक मेडिया र स्वास्थ्यकर्मीका कुरा सुन्ने गर्नुहोला ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago