ओली समूहको बैठकमा बादलले भने- संसद पुनर्स्थापना गर्छौं भन्नु स्यालको हुइयाँ हो

काठमाडौं, पुष ९ नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश नि:सर्त मान्ने बताएका छन्।

फाइल फोटो

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी सशक्त बनाउने र गुटलाई परास्त गर्ने योजना सुनाए। उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए। आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने पनि उनको तर्क छ।

‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो। विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने। उनले आफूले पार्टी नेतृत्वको आदेश नि:शर्त मान्ने उल्लेख गरे।

‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।’जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ।’निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ,’ उनले भने।

मध्यावधि निर्वाचन एउटा आन्दोलन भएको उनको तर्क छ। ‘हामीले अन्तिमसम्म प्रयास गर्‍यौं। नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो। तर नेतृत्व परिवर्तन गर्न वैज्ञानिक तरिका छन्,’ प्रचण्ड-नेपाललाई लक्षित गर्दै उनले भने,‘उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो। सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ। पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ।’उनले प्रचण्ड-नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago