अन्तत: ओलीलाई बादलको साथ

काठमाडौं। पार्टी विभाजित भएर दुई टुक्रा भइसक्दा समेत कतै नखुलेका गृहमन्त्री रामबहादुर थापा बादलले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भएका छन्। आफूलाई साथ दिन प्रचण्डले गरेको आग्रहमा समेत मौन बसेका बादलले अन्ततः प्रधानमन्त्री ओलीलाई साथ दिने भएका हुन्।

फाइल फोटो

बुधबार गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए। उक्त छलफलमा गृहमन्त्री बादलले ओलीलाई साथ दिने वचन दिएको बालुवाटार निकट स्रोतले जनाएको छ।‘उहाँ (बादल) पार्टी विभाजनको पक्षमा हुनुहुन्न थियो, सकेसम्म पार्टी एकतालाई जोखाउन सकियोस भनेर उहाँले तटस्थ भूमिका निर्वाह पनि गर्नु भएको हो,’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘तर परिस्थति अब एउटा पक्षमा लाग्नै पर्ने भएकाले उहाँले प्रधानमन्त्रीलाई नै साथ दिने सोच बनाउनु भएको हो।’

औपचारिक रुपमा पार्टी विभाजन हुँदा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री थापा कुनै पनि पक्षमा लागेका थिएनन्। गौतम अहिले पनि कुनै पक्षमा खुलेका छैनन्। तर गृहमन्त्री थापाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन दिएका छन्।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago