काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमानिर्भीकतापूर्वक उभिएको बताएका छन् ।
पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । स्थायी कमिटीसदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए ।
भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूकोजिकिर छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए । र, पार्टीको भाग्य र भविष्य त्यसैले निर्धारणगर्ने पनि उनको भनाइ रहेको नेताहरू बताउँछन् ।
रायमाझीले पनि दुवै दस्तावेज केन्द्रीय कमिटी र आवश्यक पर्दा महाधिवेशनको थलोसम्म लैजानुपर्ने नै बताउँछन् ।
“दुवै दस्तावेज केन्द्रीय कमिटीमा लैजानुपर्छ । त्यहाँबाट सुझावहरू आउँछ । विवाद समाधान गर्ने उपाय आउँछ,” उनी भन्छन्, “एकआपसमा कति आरोप हुन्, कति साँचो हुन् सदस्यहरूले छान्ने मौका पनि पाउँछन् । बहसले राम्रै गर्छ ।”
उनले पार्टी एकता नटुटोस भनेर आफूहरूले भूमिका खेलिरहेको पनि जानकारी दिए । विशेषतः मध्यधारका नेताहरू दुई अध्यक्ष मिलेरजानुपर्ने बताउँछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…