पाल्पा। पाल्पामा मलामी छाडेर फर्कदै गरेको जीप दुर्घटनामा परेको छ । रम्भा गाउँपालिका वडा नं.२ टिम्मुरडाँडा स्थित भित्री कच्चीसडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छोडेर फर्कदै गरेको लु १ ज २१६३ नं.को जिप सोमबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि दुई जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेमा जीपका चालक रम्भा गाउँपालिका वडा नं. २ का ४५ वर्षीय खुमबहादुर सुनारी र सहचालक सोही स्थानका ३४ वर्षीय दिप बहादुर सिंजाली रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ । उक्त जीपअनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको प्रहरी जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…