पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट

तनहुँको व्यासनगरपालिका११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेटविनियोजन भएको चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट रु.पौने चार करोडकोबहुवर्षीय बजेट विनियोजन भएको हो

चालु आर्थिक वर्षको लागि रु.८० लाख विनियोजित भई टेन्डर गरिएकोमा रु.६० लाखमा स्वीकृत भई काम भईरहेको खानेपानी तथासरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको

फोटो फाईल

तीनवर्ष अघि बोरिङ खन्ने कार्य सम्पन्न गरेपनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको पम्पहाउस निर्माण पश्चात रिर्जभ ट्याडकीसम्म जिआई पाइप विद्युत लाइन जडान गर्ने योजना रहेको पोल्याङ लिफ्ट खानेपानी आयोजनाउपभोक्ता समितिका अध्यक्ष भरतराज नहर्कीले जानकारी दिनुभयो सिसा खोला बुल्दीखोलाको दोभानबाट करिब साढे दुईकिलोमिटर लामो दूरीमा पर्ने निर्बु डाँडामा पानी लिफ्ट गरी दुई लाख लिटर क्षमताको रिर्जभ ट्याङकीमा सङ्कलन गरेर घरघरमाखानेपानी वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो

स्थानीय बराह खोलाबाट विसं २०५७ मा ल्याएको पानीले १९ वटा धारा जडान गरी त्यसक्षेत्रमा पानी बितरण गर्दै आएपनि घरधुरीसङ्ख्या बढ्दै गएकोले पानीको समस्या हुन थालेको हो विगतका वर्षदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीयबासीले पोल्याङलिफ्ट खानेपानी योजनाको लागि बजेट निकासा भई काम शुरु गरेपछि खुशी हुन थालेको समितिका सचिव रमेश आचार्यले बताउनुभयो

आयोजनाको लागि स्थानीय उपभोक्ताले रु.चार लाख सङ्कलन गरी बैंकमा धरौटी राखेर निर्माण कार्य अघि बढाइएको अध्यक्ष नहर्कीलेबताउनुुभयो बोरिङ हाउस निर्माणको लागि स्थानीय गणेशराज अधिकारीले तीन आना जग्गा निःशुल्क रुपमा आयोजनालाई दिईमालपोत कार्यालयबाट रजिष्टेशन पास गरिदिएर सहयोग गर्नु भएको यस आयोजनाबाट हाललाई ३५० घरमा धारा पु¥याउने जनसङ्ख्या बढ्दो क्रममा रहेकोले  भविष्यमा एक हजार घरधुरीलाई वितरण गर्न सकिने गरी पूर्वाधार निर्माण भईरहेको समितिका सचिवआचार्यले जानकारी दिनुभयो

बराहखोलाबाट ल्याई बितरण गरिएको पानीले आपूर्तिमा सहज नभएपछि स्थानीयबासीले खानेपानीको चर्को सामना गर्नुपरेको   योजनाको निर्माण कार्य शुरु हुन थालेसँगै अब भने त्यसक्षेत्रका बासिन्दाले खानेपानी राहतको महसुस गर्न पाउने विश्वास गरिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago