फोटो फाईल
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन सबैमा आह्वान गर्नुभएको छ । बडादशैँका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले आफ्नैघरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गर्नुभएको छ ।
नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उहाँले कामना गर्नुभएको छ । जस्तोसुकै अवस्था रहेपनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले समस्यासँग जुध्दै अघि बढ्नर चुनौतीको सामना गर्न आह्वान गर्नुभएको छ ।
सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको बताउँदै पूर्वअध्यक्ष रेग्मीलेभन्नुभएको छ, “महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, सरकारको यो मानवीय र संवैधानिक दायित्व हो।” बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादशैँका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबैनेपालीमा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…