कारबाही रोक्न माग गर्दै परेको तीन वटै रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार ।

 काठमाडौं । समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ ।

फाइल फोटो

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघिमुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले यसअघि अदालतले दिएको अन्तरिम कालिन आदेशलाई निरन्तरता नदिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

‘कारबाही रोक्न माग गर्दै परेको तीन वटै रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ, बुधबार राती ८ बजे यसबारे आदेश आएको हो,’ कृषि सामाग्री कम्पनी लिमिटेडका सञ्चालक प्रबन्धक नेत्रबहादुर भण्डारीले भने । मल नल्याउने दुई कम्पनीले भदौ २१ को ठेक्का रद्ध र २९ गतेको कालोसूची सिफारिस रोक्न माग गर्दै तीन वटा मुद्धा उच्च अदालतमा दायर गरेका थिए । भदौ २० गतेसम्म २५/ २५ हजार मेटि्रकटन युरिया मल ल्याउन ठेक्का पाएका कम्पनीले समयमै मल ल्याउन सकेका थिएनन् ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago