रुकुम घटनाको उच्च अदालत सुर्खेतमा सुनुवाई चल्दै, अदालत बाहिर नाराबाजी

रुकुम । रुकुम पश्चिम, सोतीमा नवराज बिकसहित जनाको ज्यान जाने गरी भएको घटनामा २८ जनाविरुद्ध परेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दाको सुनुवाई सुर्खेत उच्च अदालतमा भइरहेको छ ।

फाइल फोटो

सुनुवाई जारी रहँदा अदालत बाहिर नवराज बिकसहित ६ जनाको न्यायाको पक्षमा नाराबाजी भइरहेको छ।यसअघि गएको भदौ २५ गते उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको छ।

रुकुम पश्चिम, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको थियो ।घटनापछि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुट मुद्दामा बाल सुधारमा रहेका २ र पुर्पपक्षका लागि थुनामा रहेका २० जनाका पारिवारिक सदस्यहरुले उच्च अदालत सुर्खेतमा सरकारविरुद्ध निवेदन दिएका थिए।

जिल्ला अदालत रुकुममा घटनामा संलग्न ३४ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दा दायर गरिएको थियो।
गत जेठ १२ गते अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको भनिएको घटनामा मृत्यु भएको ६ जनामध्ये चारजना दलित समुदायका थिए। ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो। घटनाबारे गृहमन्त्रालयद्धारा गठित समिति, संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय टोली, जिल्ला प्रहरी कार्यालयलगायतले अनुसन्धान गरेका थिए।

यी निकायले गरेको अनुसन्धानबाट उस्तै निष्कर्ष निस्किएपछि प्रहरीले घटनामा संलग्न भएकाहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको मुद्दा सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत रुकुममा दायर गरेको थियो। यो घटनालाई लिएर संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत विज्ञप्ति निकालेको थियो।

जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकले १९ जना साथीसहित रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी आफ्नी प्रेमीका भगाउन खोज्दा केटीपक्षले दलितलाई छोरी नदिने भन्दै उनीहरुलाई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएको आरोप लगाइएको छ।केटी पक्षले भने कोरोना संक्रमणको महामारी फैलिरहेको र लकडाउन भएको अवस्थामा ठूलो संख्यामा आएका केटाहरुलाई सोधपुछ गर्दागर्दै घटना भएको दाबी गर्दै आएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago