रुकुम घटनाको उच्च अदालत सुर्खेतमा सुनुवाई चल्दै, अदालत बाहिर नाराबाजी

रुकुम । रुकुम पश्चिम, सोतीमा नवराज बिकसहित जनाको ज्यान जाने गरी भएको घटनामा २८ जनाविरुद्ध परेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दाको सुनुवाई सुर्खेत उच्च अदालतमा भइरहेको छ ।

फाइल फोटो

सुनुवाई जारी रहँदा अदालत बाहिर नवराज बिकसहित ६ जनाको न्यायाको पक्षमा नाराबाजी भइरहेको छ।यसअघि गएको भदौ २५ गते उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको छ।

रुकुम पश्चिम, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको थियो ।घटनापछि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुट मुद्दामा बाल सुधारमा रहेका २ र पुर्पपक्षका लागि थुनामा रहेका २० जनाका पारिवारिक सदस्यहरुले उच्च अदालत सुर्खेतमा सरकारविरुद्ध निवेदन दिएका थिए।

जिल्ला अदालत रुकुममा घटनामा संलग्न ३४ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दा दायर गरिएको थियो।
गत जेठ १२ गते अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको भनिएको घटनामा मृत्यु भएको ६ जनामध्ये चारजना दलित समुदायका थिए। ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो। घटनाबारे गृहमन्त्रालयद्धारा गठित समिति, संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय टोली, जिल्ला प्रहरी कार्यालयलगायतले अनुसन्धान गरेका थिए।

यी निकायले गरेको अनुसन्धानबाट उस्तै निष्कर्ष निस्किएपछि प्रहरीले घटनामा संलग्न भएकाहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको मुद्दा सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत रुकुममा दायर गरेको थियो। यो घटनालाई लिएर संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत विज्ञप्ति निकालेको थियो।

जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकले १९ जना साथीसहित रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी आफ्नी प्रेमीका भगाउन खोज्दा केटीपक्षले दलितलाई छोरी नदिने भन्दै उनीहरुलाई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएको आरोप लगाइएको छ।केटी पक्षले भने कोरोना संक्रमणको महामारी फैलिरहेको र लकडाउन भएको अवस्थामा ठूलो संख्यामा आएका केटाहरुलाई सोधपुछ गर्दागर्दै घटना भएको दाबी गर्दै आएका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago