काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
शुक्रबार सुरक्षामा खटिएका सुरक्षाकर्मी (पीएसओ)लाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री पुनको बिहीबार नेगेटिभ रिपोर्ट आएको उनको प्रेस संयोजक दयानिधि भट्टले जनाकारी दिए। कोरोना परीक्षणका लागि बुधबार मन्त्री पुनको स्वाब संकलन गरिएको थियो।
भट्टले कोरोना नेगेटिभ देखिएसँगै मन्त्री पुन आज (बिहीबार)बाट नियमित कामकाजमा फर्किएको जानकारी दिए। ‘कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आजबाट मन्त्रीज्यू नियमित कामकाजमा फर्किनुभएको छ’, । यसअघि मनत्री पुन, उनका परिवारका सदस्य र सचिवालय सदस्य गरी ३० जनाको परीक्षण गरिएको थियो। त्यतिबेला अंगरक्षकबाहेक मन्त्री पुन, परिवारका सदस्य अन्य सचिवालय सदस्यको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…