नेपाल-चीन सीमाबारे बोलेको भन्दै सहायक सिडिओलाई गृहको २४ घण्टे स्पष्टिकरण ।

फाईल फोटो

काठमाडौं ।  गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टिकरण सोधेको छ।

नेपाल-चीन सीमाबारे बोलेको भन्दै हमाललाई बुधवार २४ घण्टे स्पष्टिकरण सोधिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएपछि उक्त क्षेत्रको निरीक्षण तथा ११ नम्बर पिल्लरको खोजीमा गएका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले आफ्नो अनुपस्थितिमा हमाललाई जिम्मेवारी दिएका थिए।

प्रजिअ गिरी सुरक्षा निकायको टोली लिएर शनिवार सीमातिर गएका थिए। उनी अझै फर्केका छैनन्। यद्यपि पिल्लर बुधवार भेटिएको छ। तर चिनियाँ भवन बनाएको भूमिको निर्क्यौल हुन बाँकी छ।

सिडिओ गिरीको अनुपस्थितिमा हमालले जिल्ला सम्हालेका थिए। सिडिओको फोन पनि उनले नै प्रयोग गरेका थिए। नेपाल चीन सीमा विवाद देखिएकाले केन्द्रबाट मिडियादेखि सबैको चासो हुने नै भयो। सीमातिर गएको टोलीसँग सम्पर्क नहुने भएकाले सम्पर्कको माध्यम सदरमुकाम सिमिकोटमा हमाल नै थिए। सञ्चारमाध्यममा उनले सीमाबारे सूचना दिएका थिए।

‘परराष्ट्र मन्त्रालयले बोल्ने कुरा किन बोलेको?’ भनी गृहले हमाललाई स्पष्टिकरण सोधेको हो। हमालले आज साँझसम्म स्पष्टिकरण पठाइसक्नु पर्नेछ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले यसबारे आफूलाई जानकारी नभएको बताए। यद्यपि स्पष्टिकरण सोध्ने कुरा मन्त्रालयको प्रशासनिक कुरा भएको उनको भनाई थियो।

परराष्ट्र मन्त्रालयले बुधवारै भवन बनाएको उक्त भूमि चीनकै हो भनिसकेको छ। चिनियाँ दूतावासले पनि हिजै उक्त भूमि आफ्नै भएको दावी गरेको थियो। तर पिल्लर भेटाएको सिडिओको टोली फर्किएपछि त्यो भूमि कहाँ हो भन्ने निर्क्यौल हुने नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago