काठमाडौं । गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टिकरण सोधेको छ।
नेपाल-चीन सीमाबारे बोलेको भन्दै हमाललाई बुधवार २४ घण्टे स्पष्टिकरण सोधिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएपछि उक्त क्षेत्रको निरीक्षण तथा ११ नम्बर पिल्लरको खोजीमा गएका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले आफ्नो अनुपस्थितिमा हमाललाई जिम्मेवारी दिएका थिए।
प्रजिअ गिरी सुरक्षा निकायको टोली लिएर शनिवार सीमातिर गएका थिए। उनी अझै फर्केका छैनन्। यद्यपि पिल्लर बुधवार भेटिएको छ। तर चिनियाँ भवन बनाएको भूमिको निर्क्यौल हुन बाँकी छ।
सिडिओ गिरीको अनुपस्थितिमा हमालले जिल्ला सम्हालेका थिए। सिडिओको फोन पनि उनले नै प्रयोग गरेका थिए। नेपाल चीन सीमा विवाद देखिएकाले केन्द्रबाट मिडियादेखि सबैको चासो हुने नै भयो। सीमातिर गएको टोलीसँग सम्पर्क नहुने भएकाले सम्पर्कको माध्यम सदरमुकाम सिमिकोटमा हमाल नै थिए। सञ्चारमाध्यममा उनले सीमाबारे सूचना दिएका थिए।
‘परराष्ट्र मन्त्रालयले बोल्ने कुरा किन बोलेको?’ भनी गृहले हमाललाई स्पष्टिकरण सोधेको हो। हमालले आज साँझसम्म स्पष्टिकरण पठाइसक्नु पर्नेछ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले यसबारे आफूलाई जानकारी नभएको बताए। यद्यपि स्पष्टिकरण सोध्ने कुरा मन्त्रालयको प्रशासनिक कुरा भएको उनको भनाई थियो।
परराष्ट्र मन्त्रालयले बुधवारै भवन बनाएको उक्त भूमि चीनकै हो भनिसकेको छ। चिनियाँ दूतावासले पनि हिजै उक्त भूमि आफ्नै भएको दावी गरेको थियो। तर पिल्लर भेटाएको सिडिओको टोली फर्किएपछि त्यो भूमि कहाँ हो भन्ने निर्क्यौल हुने नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…