पहिरो अपडेट ४ बेपत्ता ६ जनाको मृत्यु ।

फाईल फोटो

स्याङ्जाको वालिङ र कालीगण्डकी पहिरोमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरल वर्षापछि वालिङ नगरपालिका वडा १४, तमादीकी माया नेपालीको घरमाथिबाट आज बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् ।

मृत्यु हुनेमा ४८ वर्षीया माया नेपालीसहित २७ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली हुन् । बेपत्ता ४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनायो । पहिरोमा पुरिएकी १६ वर्षीया मनीषा नेपालीलाई भने जीवितै उद्धार गरी उपचारार्थ गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको छ ।

पहिरोमा एकै परिवारका १० जना पुरिएकामा सर्वप्रथम माया नेपालीको शव फेला पारिएको हो । मनिषालाई जीवितै उद्धार गरी उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा थप उपचारार्थ पोखरा पठाइएको हो ।

उद्दारका लागि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा ११ जना र नम्बर ३० गुल्म हेकुवा वालिङबाट सप्रनाउ मोहन न्यौपानेको कमाण्डमा ११ जनाको टोली गएको थियो । प्रहरीले स्थानीयको सहयोगमा उमाकला, दीपक, सानी र विवशको शव बाहिर निकालेको हो ।

अन्य ४ जनाको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उता, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४, गौतमडाँडाका बाबुराम दमाई र जगतबहादुर दमाइको घरमाथिबाट बिहीबार बिहान करिब ३ बजे खसेको पहिरोले दुवै घर पुरिएका छन् ।

पहिरोमा बाबुरामका १६ वर्षीय छोरा विष्णुको मृत्यु भएको छ । प्रहरी चौकी बिर्घाबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बिहीबार बिहान साढे ५ बजे पहिरोबाट विष्णुको शव बाहिर निकालेको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago