शानदार जितसहित चेल्सी लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।
तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले बार्नस्लीलाई ६–० ले पराजित गरेको हो। चेल्सीको जितमा काई हार्भट्जले ह्याट्रिक गरे भने ट्यामी अब्राहम, रस बार्क्ली र ओलिभर जिरउडले एक–एक गोल गरे ।
पहिलो हाफमा दुई गोल गरेको फ्र्यांक लाम्पार्डको चेल्सीले दोस्रो हाफमा थप चार गोल गरेको हो। उसका लागि १९ औँ मिनेटमा अब्राहम र २८ औँ मिनेटमा हाभर्ट्जले गोल गरी पहिलो हाफमा २–० को अग्रता दलिाए ।
४९ औँ मिनेटमा बार्क्लीले गोल गरे । ५५ र ६५ औँ मिनेटमा गोल गरी हाभर्ट्जले ह्याट्रिक पूरा गरे । ८३ औँ मिनेटमा जिरउडले गोल गरेपछि चेल्सी ६–० ले विजयी भयो । बुधबार राति नै भएको खेलमा आर्सनलसँग २–० ले पराजित भएको लेस्टर सिटी लिगकपको तेस्रो चरणबाटै बाहिरियो ।
अरु खेलमा न्यूक्यासलले मोरक्याम्बेलाई ७–०, एभर्टनले फील्ट्वूडलाई ५–२, स्टोकले गिलिङ्गहमलाई १–० र ब्राइटनले प्रिस्टन, फुलह्यामले शेफिल्ड वेइनस्डे तथा बर्नलीले मिलवाललाई समान २–० ले पराजित गरेको छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…