काठमाडौं । कोरोना महामारीका कारण गत चैत ११ पछिको लकडाउन अवधिमा सवारी चालक अनुमतिपत्रको नविकरण अवघि सकिएर पनि नवीकरण गर्न नपाएका व्यक्तिले जरिवाना तिर्नुनपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारीचालक अनुमति पत्रको नविकरण गर्दा भदौ मसान्तसम्म जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।
विभागले सिस्टमलाई मोडिफिकेसन गरेर भदौसम्म नविकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । गत साउन ५ गते वसेको मन्त्रिपरिषद वैठकले वन्दावन्दिको समयमा म्याद समाप्त भएर नविकरण गर्न नपाएका सवारी चालकहरको अनुमति पत्र नविकरण गर्दा जरिवाना नलाग्ने निर्णय गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…