आमा भनेको शब्द हो जसले सबैलाई भावनाहरूले भर्दछ। नेपाली शब्दकोश मा आमा लाई जननी,माता,महतारी ,जन्मदिने स्त्री का पर्यायका रूपमा अर्थाइएको छ । आमा पक्कै पनि सबैको जीवनमा सबै भन्दा महत्त्वपूर्ण व्यक्ति हुन्।

मलाई विहान आमाले जर्वजस्ती उठाएर मात्रै पुग्थेन। उठ्ने वित्तिक्कै बेलुकीको तामाको लोटामा राखेको एकगिलास पानी पिउनै पथ्यो अनि एकछिन पछि ठूलो माने गिलासले एक गिलास दूध पिउनै पथ्यो। म बुबालाई चिया र पाउरोटि खान्छु भनेर जिद्दि गर्ने तर आमा मलाई चिया पकाइदेला फेरि भनेर बुबालाई पहिल्यै सर्तक गराउने।

नमिठो लागि लागि एकमाने दूध र पाउरोटि खानुपथ्यो। त्यतिधेरै खाएको एकघण्टा भएको हुन्थेन फेरि स्कूल जानुभन्दा अगाडि भुँडी फुटुन्जेल भात नखुवाइ आमालाई सन्तोष नहुने। स्कूल जाँदा मलाई कपालमा तेल हालेको मन नपर्ने तर आमालाई मेरो कपालमा अलिकति भए  पनि वास्ना आउँछ भनेर अमलाको तेल हालेर कपाल बाँटिदिनुपर्ने। कहिल्यैकाँहि कपालमा तेल हालिदियो भनेर रुँदै आमालाई बाई  पनि नभनि स्कूल जान्थे। म रुदैँ स्कूल गएकोदिन आमा मलाई फकाउन स्कूलमा चाउचाउ, कोक, चिजबल बोकेर आउनुहुन्थयो। अरुबेलामा म क्यान्टिनमा नै खाजा खान्थेँ।

 मलाई विहान आमाले जर्वजस्ती उठाएर मात्रै पुग्थेन। उठ्ने वित्तिक्कै बेलुकीको तामाको लोटामा राखेको एकगिलास पानी पिउनै पथ्यो अनि एकछिन पछि ठूलो माने गिलासले एक गिलास दूध पिउनै पथ्यो। म बुबालाई चिया र पाउरोटि खान्छु भनेर जिद्दि गर्ने तर आमा मलाई चिया पकाइदेला फेरि भनेर बुबालाई पहिल्यै सर्तक गराउने।

         

‘यस्य माता गृहे नास्ति, तस्य माता हरितकी।

 सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा।

शान्ति: पत्नी क्षमा पुत्र: षडेते मम बान्धवा:॥

लेखक :- देवराज पुरुष

स्थान : श्री नारायणी निवास आश्रम

                   कनखल हरिद्वार

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago