७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , कुन जिल्लामा कति?

काठमाडौँ- देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २ रहेका छन्।

यस्तै सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २ जनामा संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्रस्तैगरी वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ।

यस्तै सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १७५ जना डिस्चार्ज भएका छन्।यससँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ। सोमबार १० हजार २३४ जनाको पीसीआर परिक्षण गरिएको छ। ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago