७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , कुन जिल्लामा कति?

काठमाडौँ- देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २ रहेका छन्।

यस्तै सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २ जनामा संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्रस्तैगरी वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ।

यस्तै सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १७५ जना डिस्चार्ज भएका छन्।यससँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ। सोमबार १० हजार २३४ जनाको पीसीआर परिक्षण गरिएको छ। ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago