गौरा पर्व शुरु, कोरोनाको कारण घर भित्रै औपचारिकतामा सीमित ।

धनगढी – कैलाली लगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा धुमधामका साथ मनाइँने गौरा पर्व आइतबारबाट सुरु भएको छ।

हरेक वर्ष धुमधाका साथ घरसँगै मन्दिरहरुमा सामूहिक भेला भएर मनाइँने गौरा पर्व कोरोना भाइरसका कारण यस वर्ष घर भित्रै औपचारिकतामा सीमित भएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडीमा स्थानीय प्रशासनले निषेधाज्ञा नै जारी गरेपछि गौरापर्व घरभित्र सीमित बनेको हो।

खासगरी गौरापर्व सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुरमा ठूलो पर्वका रुपमा लिने गरिएको छ । यस बाहेक बझाङका केही ठाउँ र अछामका केही ठाउँमा पनि सामान्य रुपमा मनाउने गरिएको छ।

गौरा पर्व अन्तर्गत आइतबार कृष्णपक्षको पञ्चमीका दिन विवाहित महिलाले निराहार व्रत बसेर फाग गाउँदै तामाको भाडामा गहु, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न अर्थात विरुडा भिजाएर महेश्वर (महादेव)को पूजा गरी विरुडा राख्ने कार्य गरेर गौरा पर्व मनाउन सुरु गरिएको छ।

कृष्णपक्षको पञ्चमीका दिन विवाहित महिलाहरुले निराहार व्रत बसेर फाग गाउँदै घरघरमा पानीको श्रोत नजिक सामूहिक रुपमा विरुडा भिजाउने कार्य हुने गरेको थियो तर यस पटक विरुडा भिजाए पनि सामूहिक नभई एक्लै एक्लै भिजाएको धनगढीका गोपाल भट्टले बताए।

संस्कृतिविद डा. टीएन जोशीका अनुसार गौरालाई षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को प्रतिमा बनाएर पँधेरामा राखेर पूजा गर्ने र विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी दुवो-धागो धारण गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी खाना खाने प्रचलन रहेको छ।

यस्तै सप्तमीका दिन गौरालाई विवाहित महिलाले निराहार दिनभरी ब्रत बसेर आफ्नो परिवार लगायत आफन्तको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको छ।

अष्टमीका दिन आएर निराहार ब्रत बसेकी महिलाले गौरा राख्ने ठाउँमा पञ्ज वनस्पतीले बनाएको गौराको प्रतिमालाई रेशमको कपडामा बेरेर महेश्वरको प्रतिमा नजिकै गौराको फाग सृुनाएर कथा गाउने र पूजा गर्दै महेश्वरको प्रतिमालाई टाउकोमा राखेर नाच्दै देउडा लगायत खेलाउँदै रमाइलो गर्ने प्रचलन रहेको डा. जोशीले बताए।

विगतमा सामूहिक भेला भई टोलटोलको फरक फरक गौरा बनाउर भित्र्याउने चलन भएपनि यस वर्ष भने कोरोनाका कारण घरमै सीमित भएको धनगढीका अर्का स्थानीय दिपक ढंगालले बताए ।

‘विगतका वर्षहरुमा विभिन्न टोलहरुमा आ–आफ्नो समुदायको अलग अलग गौरा मनाइने गरिन्थ्यो, गौराको महत्व पनि निकै झल्केको हुने गर्दथ्यो’ धनगढीकी स्थानीय जयन्ती जोशीले भनिन् –‘यसपाली कोरोना भाइरसले गर्दा परिवारका सँग मात्रै सीमित रहेर गौरा मनाइरहेका छौँ ।’

कोरोना भाइरसको संक्रमण बढेको हुँदा यसपाली गौराको रोनकमा कमी आएको उनले बताइन् । गौरा पर्वको महत्वपूर्ण दिन भनेर अष्टमीलाई मानिने गरिन्छ । अष्टमीमा महिलाले बिहानै स्नान गरेर पञ्ज वनस्पतीबाट बनेको गोरा देवीको प्रतिमा र महेश्वरको प्रतिमालाई घरबाट बाहिर ल्याएर आगनमा फाग गीत गाउँदै टाउकामा राखेर नाच्ने गरिएको सास्कृतिविद डा. जोशी बताउँछन्।

यसै अवसरमा गौराको पहिलो दिन भिजाएको पाँच अन्नबाट बनाएको विरुडाबाट गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ। अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने प्रचलन रहेको उनले बताए।

ब्रत बसेका महिलाले अठेबालीका दिन गौराको प्रतिमालाई टाउको राखेर नचाउने र पुरुषले भने धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने चलन छ तर यसपटक ती केही पनि नहुने भएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago