तिनाउकाे सबै वडामा बाढी पहिराेकाे जाेखिम गाउँपालिकाद्वारा अनुगमन तथा जाेखिमबाट सुरक्षित हुन अावश्यक सामाग्री हस्तान्तरण

पाल्पा ,सन्ताेष गहतराज -तिनाउ गाउँपालिकाकाे धेरै जसाे भु भाग कमजाेर जमिन भएको चुरे क्षेत्रमा पर्दछ । त्यसैले बर्षातकाे समयमा जाेखिम पुर्ण रहेकाे छ । अहिले एक हप्ता सम्मकाे झरकाे कारण विभिन्न स्थानमा बाढी,पहिराेले क्षति पुग्याएकाे छ ।
त्यसै गरि तिनाउ गाउँपालिका विभिन्न स्थानमा पनि यस्काे प्रभाव लेखिएको छ । तिनाउकाे वडा न १ कचलमा रानी वगीय झिगामारा कचल माेटरबाटाे र दाेभान कचल माेटरबाटाे पहिराले अबरूद्व भई बन्द भएको छ तर अेाखलढुङ्गा अंकुश धुस्टुङ बतासे माेटर बाटाे शुचारू रहेकाे छ ।


वडा न २ काे दाेभान बजार र घाेडेबास बीचमा पर्ने माेटर बाटाेमा ठुलाे पहिराे झरेकाे छ । पासकुण्डा र बुढासटाक बीचकाे माेटर बाटाे बज्द भएको छ । खुर्साने नीर तलकाे पिध खाेलाले असर पुग्याएकाेले पहिराे गएर बाटाे अबरूद्व छ । खुर्साने र खानी बीचकाे बाटाे अबरूद्व छ । याे बाटाे सञ्चालन गर्न करिब एक हप्ता लाग्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै थानीडाडा मा वीकाे विद्यालय भवन पहिराेकाे कारण धरापमा परेको छ । दाेभान नुवाकोट बेलवास बैकल्पिक मार्ग पहिराले अबरूद्व छ । सुकेतालकाे एक घरमा रूख ढलेर भत्किएको छ ।


वडा न ३ मा पर्ने सिद्वबाबा मन्दिर परिसर पहिराले क्षति ग्रस्त छ । दाेभान चाैकी नजिकै बारम्बार पहिराे खसी रहेकाे छ । पानी मिलबाट श्रीडाडा सम्म अर्घाखाँची सिमेन्ट प्रा लीकाे पहुच मार्गमा ठुलाे पहिराे जाने सम्भावना रहेकाे छ । साथै जमिन भासिएर डाँडा खस्ने सम्भावना भएकोले पानी मिल स्थित ३० घर जाेखिममा परेबाे र पानी परेकाे बेला घर छाडेर अन्यत्र जानू पर्ने अबस्था रहेको स्थानीय बासिन्दाहरूले बताएका छन । झुम्सा चाैकी भन्ज्याङ्ग माेटरबाटाे बैकल्पिक बाटाेकाे रूपमा प्रदेश सरकारबाट सडक खनीएकाे र उक्त कारण चाैकी भन्ज्याङ्ग नजिकैकाे फुलबारी गाउँमा बाढी पहिराे पसेर क्षति पुग्याएकाे छ । तिलाेत्ममा मा वि नजिकै पहिराे जादा सामुदायिक भवन र पाैवा पहिराेले बगाएको छ ।


वडा न ४ सत्यवतीकाे माेटरबाटाे सबैतिरबाट बन्द छ । गीजीनचाैर,नेवाेघाटमा पहिराेकाे गएको तथा केही घरहरू जाेखिममा परेका छन ।
वडा न ५ काे काेलडाँडा,विस्कुनडाँडा मरामकाेटकाे माेटरबाटाे जाेखिममा छ ।
वडा न ६ काे मस्यामकाे चिदिस,बेलडाँडा शिखरडाँडाकाे बाटाे तथा घरहरू जाेखिममा छन । त्यस्तै लक्ष्मी अाधारभुत विद्यालयलाई पहिराेले अबरुद्ध गरेको छ । काेसटाेलकाे २ वटा घरका मानिसहरू विस्थापित भएका छन ।


यसरी पहिराे तथा बाटाेकाे प्रकाेप भए पछि तिनाउ गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्ती मगर, गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी,गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ समेतको टाेलीले बाढी र पहिराेले क्षति भएको स्थानकाे अबलोकन गरि तत्काल त्रिपाल वितरण गरेकाे ,विस्थापित परिवारलाई व्यवस्थापन गर्ने तयारी गरेको र वर्षा कम भए पछि पहिराे राेकथामकाे लागि तारजाली वितरण ,पर्खाल निर्माण तथा संरचना मर्मत संभार गर्ने गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्तीले जानकारी दिनुभयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago