तरकारी खेतीमा प्रविधिको प्रयोग बढ्यो

किरण कौशल, पाल्पा l जिल्लामा तरकारी खेतीमा प्रविधिको प्रयोग बढ्न थालेपछि पाल्पाका किसानहरुले काम लागतमा बढी उत्पादन लिन थालेका छन् । प्लाष्ट्रिक टनेल भित्र, प्लाष्ट्रिक मल्चिङग, थोपा सिंचाई प्लाष्ट्रिक पोखरी, साना सिंचाई लगायतका उन्नत प्रविधिको प्रयोग गरेर गोलभेडा सहित अन्य तरकारी खेती गर्न थालेका छन् ।

उन्नत प्रविधिको प्रयोग गरेर तानसेन नगरपालिका, वगनासकाली र तिनाउ गाउँपालिका भित्रका किसानहरुले गेलभेडा, काउली, बन्दा, ब्रोकाउली, सिमी, कांक्रो, मुला, खुर्सानी, साग र भन्टा तरकारी उत्पादन गरिहेका छन् ।

तरकारी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) ले प्रविधिको प्रयोग र विस्तारमा जोड दिएको छ । ५ हजार ६ सय किसानहरुको सहभागिता रहेको परियोजनाबाट २ सय २३ समूहहरु लाभान्वित भएका छन् । बाली उपचार, स्थलगत तालिम, माटो परिक्षण, प्राविधिक सहयोग र उत्पादन राम्रो भएपछि किसानहरुले लगानी र खेती समेत विस्तार गरेका किसान डिल बहादुर थापाले बताउनु भयो ।

आर्थिक बर्ष २०७३÷०७४ बाट शुरु भएको कार्यक्रमबाट कृषि यान्त्रिकरण, व्यवसाकिरण र प्रशोधन गरी आधुनिक कृषि प्रणालीको विकासमा जोड दिएको छ । सिंगल क्याब पिकअप जिप, नाप तौलका सामग्री, संकलन केन्द्र स्तर उन्नती, तरकारी प्याकिङ काटुर्न, ३ सय ६ वटा प्लाष्ट्रिक पोखरी निर्माण, १८ स्थानमा थोपा सिंचाई प्रविधि विस्तार, साना सिंचाईका १ सय ७९ योजना निर्माण, १ सय ५० हेक्टरमा उत्पादनमा आधारित अनुदान वितरण र ६ सय १६ प्लाष्टिक घर निर्माण र ४ सय ७ रोपनीमा जग्गा भाडामा लिएर तरकारी खेती गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत दिपक भट्टराईले बताउनु भयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago