काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको अधिकारीले बताए ।
लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधान जारी भएपछि संवैधानिक राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रम टुट्दै गएका बेला भण्डारीले एमसीसीको विवाद चर्किएका बेला परामर्श गर्न लागेकी हुन् । दलीय छायाबाट स्वतन्त्र हुनु पर्नेमा नेकपा भित्रको राजनीतिमा लगातार ‘हस्तक्षेपकारी’ भूमिका निवार्ह गर्दै आएको भनेर राष्ट्रपति भण्डारीको आलोचना हुने गरेको छ ।
यसरी दलीय राजनीतिक घटनाक्रममा प्रवेश गरेको भनेर आलोचना भइरहेका बेला एमसीसीका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले त्यस्तै खालको भूमिका खेल्न खोजेको देखिएको छ । एमसीसी पारित गर्नु पर्ने अन्तिम समय सीमा असार १६ गते सकिँदैछ । यसबारे छलफल गर्न नेकपाको स्थायी समिति बैठक पनि बस्दै छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…