आज साँझ शीर्ष नेताहरुसँग राष्ट्रपतिले सामूहिक छलफल गर्ने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्‌का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको अधिकारीले बताए ।

लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधान जारी भएपछि संवैधानिक राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रम टुट्दै गएका बेला भण्डारीले एमसीसीको विवाद चर्किएका बेला परामर्श गर्न लागेकी हुन् । दलीय छायाबाट स्वतन्त्र हुनु पर्नेमा नेकपा भित्रको राजनीतिमा लगातार ‘हस्तक्षेपकारी’ भूमिका निवार्ह गर्दै आएको भनेर राष्ट्रपति भण्डारीको आलोचना हुने गरेको छ ।

यसरी दलीय राजनीतिक घटनाक्रममा प्रवेश गरेको भनेर आलोचना भइरहेका बेला एमसीसीका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले त्यस्तै खालको भूमिका खेल्न खोजेको देखिएको छ । एमसीसी पारित गर्नु पर्ने अन्तिम समय सीमा असार १६ गते सकिँदैछ । यसबारे छलफल गर्न नेकपाको स्थायी समिति बैठक पनि बस्दै छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago