झापाका आज ११ थपिए झापामा कोरोना संक्रमितको संख्या २१६ पुगको छ ।

बिर्तामोड-झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन १० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । मेचीनगरमा १० जनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ । संक्रमितहरु मेचीनगर वडा नं. १० र ११ का रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा मेचीनगर वडा नं. १० स्थीत राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन् ।

संक्रमितहरु ७ बर्षका बालकदेखि ६२ बर्ष उमेर समुहका रहेको समेत प्रतिष्ठानले जारी गरेको पिसिआर परिक्षण रिपोर्टमा उल्लेख छ । प्रतिष्ठानको रिपोर्ट अनुसार धुलाबारी स्थीत राधास्वामी भवनको क्वारेन्टाईनका १८, २०, २५, ३६, ४५, ४६, ४६ र ६२, बर्षका पुरुषहरु रहनु भएको छ ।

त्यस्तै मेचीनगर ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाइनका ७ बर्षका वालक र २५ बर्षका पुरुष रहेनु भएको छ ।

आज थपिएका १० जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । २ जना निको भएर घर फर्कदा १६ जना उपचारको गराईरहनु भएको छ ।

त्यस्तै आजनै झापाको शिवसताक्षी नगरपालिकामा समेत १ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा झापामा कोरोना संक्रमितको संख्या २१६ पुगको छ भने १३५ जना निको भएर घर फर्कीनु भएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago