बिर्तामोड-झापाको मेचीनगर नगरपालिकामा आज एकै दिन १० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । मेचीनगरमा १० जनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ । संक्रमितहरु मेचीनगर वडा नं. १० र ११ का रहेका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा मेचीनगर वडा नं. १० स्थीत राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन् ।
संक्रमितहरु ७ बर्षका बालकदेखि ६२ बर्ष उमेर समुहका रहेको समेत प्रतिष्ठानले जारी गरेको पिसिआर परिक्षण रिपोर्टमा उल्लेख छ । प्रतिष्ठानको रिपोर्ट अनुसार धुलाबारी स्थीत राधास्वामी भवनको क्वारेन्टाईनका १८, २०, २५, ३६, ४५, ४६, ४६ र ६२, बर्षका पुरुषहरु रहनु भएको छ ।
त्यस्तै मेचीनगर ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाइनका ७ बर्षका वालक र २५ बर्षका पुरुष रहेनु भएको छ ।
आज थपिएका १० जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । २ जना निको भएर घर फर्कदा १६ जना उपचारको गराईरहनु भएको छ ।
त्यस्तै आजनै झापाको शिवसताक्षी नगरपालिकामा समेत १ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा झापामा कोरोना संक्रमितको संख्या २१६ पुगको छ भने १३५ जना निको भएर घर फर्कीनु भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…