अनाधिकृतरुपमा नक्सा छपाई तथा विक्री वितरण नगर्न नापी विभागको आग्रह

पाल्पा । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा छपाई गरी अनाधिकृतरुपमा विक्री वितरण नगर्न नापी विभागले आग्रह गरेको छ ।
मुद्रण विभागले प्रकाशन गरेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा छपाई गरी अनाधिकृतरुपमा विक्री वितरण गरेमा कारवाही गर्ने बिभागले जनाएको छ । यसरी छपाई तथा विक्री वितरण गरे कानुनी कारबाही हुने विभागले प्रकिशत गरेको सूचनामा उल्लेख छ । नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय भएको भन्दै विभागले बिना स्वीकृति अनाधिकृत तवरले छपाई र विक्री वितरण नगर्न / नगराउन आग्रह गरेको हो ।

कानुन विपरित कसैले नक्सा छपाई तथा वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने विभागका महानिर्देशक प्रकाश जोशीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख ।  स्रोत नखुलेको, नक्साको आधारभूत विषय (हेड्रिङ, स्केल, लिजेन्ड, टेस्क) प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमासमेत नमिलेका नक्सा  सामाजिक संचाल एवं विभिन्न संचार माध्यममा प्रयोग भइ जनमानसमा भ्रम सिर्जना भएको भन्दै विभागले यस प्रकारका नक्सा समाजिक सञ्जाल तथा संचारमाध्यममा प्रयोग नगर्न अनुरोध गर्दै विभागको वेवसाइटमा राखिएको नक्सा मात्र प्रयोग गर्न अपील गरिएको छ ।

विज्ञप्तिमा स्वीकृत नेपालको (राजनीतिक तथा प्रशासनिक) को छपाई कार्य  भइरहेकोले छिटै सर्वसुलभ वितरणमा ल्याइने समेत बिभागले जानकारी गराएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago