सन्तोष गहतराज , पाल्पा,बैशाख ११ , पाल्पाको तिनाउ गाउँपालिकामा सञ्चालन भइरहेको संक्रमण राेकथाम तथा राहत वितरण बारे भइरहेको कामकाे जिल्ला समन्वय समितिबाट अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति पाल्पाकी प्रमुख मिरा मरासिनी,जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली,जिल्ला समन्वय समिति सदस्य इन्द्रा चिदी,पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगाएतले अनुगमन गर्नु भएको थियोे । काेराेना भाइरस संक्रमण राेकथामकाे लागि गाउँपालिका स्तरीय तथा वडा स्तरीय समन्वय समिति गठन गरि चैत्र १ गते देखि विदेशबाट अाएका व्यक्तिहरूकाे लगत संकलन गर्ने,टोलटाेलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र अति विपन्न परिवारकाे लगत संकलन गर्ने काम सम्पन्न गरिएको,गाउँपालिकाबाट १० लाख ५० हजार ,चुन खानी सञ्चालनहरूबाट ९ लाख ६० हजार,सामुदायिक वन उपभोक्ता समितिबाट ८ लाख ३ हजार र व्यवसायी दिनेश रेग्मीबाट ५० हजार गरी कुल २८ लाख ६३ हजार बराबरको राहत वितरण गरिएको,१० वेडकाे क्वारेन्टाइन स्थापना गरी हाल ४ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको,चैत्र ९
गते देखि हाल सम्म दाेभान चाैकी नजिक हेल्थ डेस्क स्थापना गरी तिनाउकाे स्वास्थ्य कर्मीहरूबाट नियमित यात्रुहरूकाे स्वास्थ्य परिक्षण गरिएको र वडा अध्यक्षहरूकाे संयाेजकत्वमा महिला स्वास्थ्य स्वयंसेवक,युवा क्लबका सदस्यहरू,रेडक्रसका सदस्यहरू सहित अल्पकालीन स्वयंसेवक समिति गठन गरी तयारीमा राखिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयाे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी,वडा अध्यक्षहरू राेम बहादुर लम्तरी,राजेश श्रेष्ठ र प्रेम पाण्डे, स्वास्थ्य इकाई संयाेजक कृष्ण कार्की,सुचना प्रविधि अधिकृत तुल बहादुर घर्ती ,प्रशासन शाखा प्रमुख यादव अर्याल लगाएको उपस्थिति रहेको सुचना अधिकृत तुल बहादुर घर्तीले बताउनु भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…