रामपुर नगरपालिका दाेस्त्राे चरणको राहत वितरण गर्ने काम अन्तिम चरणमा ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ११ , पाल्पाको रामपुर नगरपालिकाले दाेस्त्राे चरणको राहत वितरणकाे काम अन्तिम चरणमा पुगेको जनाएको छ । पाल्पाको दुई नगरपालिका मध्ये रामपुर नगरपालिकाले काेराेना भाइरसकाे संक्रमण राेकथामकाे लागि सरकारले गरेकाे बन्दाबन्दिकाे कारणले हातमुख जाेडन समस्या परेका अतिविपन्न,असाय,अशक्त,बाहिरबाट अध्ययन गर्न अाई डेरामा बसेका विद्यार्थीहरूकाे लागि राहत वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

रामपुर नगरपालिकाले पहिलाे चरणमा नगरपालिका भित्रका १० सय ६६ घरपरिवारलाई राहत वितरण गरेकाे थियोे र त्यस राहतबाट करिब ४ हजार १ सय ३२ सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए । 

अहिले दास्त्राे चरणमा नगरपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा विभिन्न संघ सस्था,उधाेगी,व्यवसायीहरू सँग सहयाेगकाे अपिल गरेको र रकम सहयाेग प्राप्त भएको र कुहिले सहयाेग गर्ने प्रतिबद्वता जनाएको नगरपालिकाले जनाएको छ । 

अन्धकार बचत तथा ऋण सहकारी सस्थाले १ लाख,रामपुर बचत तथा ऋण सहकारी सस्थाले ९० हजार,एकिकृत मगर उत्थान समाज,नेपाल मगर संघ तथा मगर रेन्जा समुहबाट एकमुष्ठ ८२ हजार ३ सय ९०,क्षेत्री समाज रामपुर पाल्पाबाट २५ हजार १ सय २५,ग्रामिण उत्थान युवा समाजले ३१ हजार ५ सय,पंतनजलि याेग गुठी नेपालबाट २ लाख ६० हजार बराबरको ७५ काटुन साबुन,रामपुर क्यापिटल एन्ड इन्भेस्टमेन्ट प्रालि काठमाडौंबाट २५ हजार,रामपुर उवा संघबाट ५१ हजार,नमस्ते रामपुर यातायातबाट ५० हजार,पाल्पाली समाज पाेखराबाट १० हजार,ग्रामीण विकास बचत तथा ऋण सहकारी सस्थाबाट २५ हजार,बेस नेपालबाट १० हजार ,अार्दश भुपु सैनिक सस्थाबाट २० हजार ,नेपाली काङ्ग्रेस नगर कार्यसमिति रामपुरबाट १ लाख ७७ हजार ८ सय ५६,पुर्वी पाल्पा अाैषधी तथा स्वास्थ्य व्यवसायी संघबाट पञ्जा,मास्क,सेनिटाइजर गरि ५० हजार बराबरकाे राहत सामाग्री ,हातेमालो बचत तथा ऋण सहकारी सस्थाबाट २५ हजार,क्षेत्र नं १ ख माननीय नारायण अार्चायबाट ३० हजार,दुर्गा देवी सामाजिक उधमी महिला कृषि सहकारी सस्थाबाट १५ हजार,रामपुर निर्माण व्यवसायी संघबाट २५ हजार,रामपुर सामाग्री व्यवसायी संघबाट ५२ हजार,निजि तथा अावासिय विधालय प्याब्सन पाल्पाबाट ४० हजार,राष्टिय वाणिज्य बैंक रामपुर शाखाबाट ३० हजार,श्री सुरक्षा बचत तथा ऋण सहकारी सस्थाबाट२५ हजार ५ सय,श्री दियालाे बचत तथा ऋण सहकारी सस्थाबाटफ२५ हजार,राष्ट्रिय पराेपकार महासंघ नेपाल जिल्ला कार्य समिति पाल्पाबाट २५ हजार ,सहिद बहुमुखी क्याम्पसबाट २६ हजार ४ सय ५५,इस्लामी सकृय युवा समाज रामपुरबाट १ एक सय २ परिवारलाई १ लाख २३ हजार ५ सय बराबरको राहत वितरण ,टिम मायावी बाट ५० हजार बराबरको वडा न ५ मा बस्ने अशक्त,अपांग परिवारलाई राहत वितरण ,पुर्वी पाल्पा मजदुर व्यवस्थापन समितिबाट २ सय ११ मजदुरहरूलाई १ लाख ८० हजार बराबरको राहत सामाग्री वितरण गरेको छ । 

राहत वितरण पहिलो चरणमा जस्तै राजनैतिक दलहरू,नगर समन्वय समिति र जनप्रतिनिधिहरूकाेे राेबरबाट पार्दशी तथा विभेहिन तरबले मापदण्डअनुसार वितरण गरिने नगरपालिकाले जनाएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago