रामपुर नगरपालिका दाेस्त्राे चरणको राहत वितरण गर्ने काम अन्तिम चरणमा ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ११ , पाल्पाको रामपुर नगरपालिकाले दाेस्त्राे चरणको राहत वितरणकाे काम अन्तिम चरणमा पुगेको जनाएको छ । पाल्पाको दुई नगरपालिका मध्ये रामपुर नगरपालिकाले काेराेना भाइरसकाे संक्रमण राेकथामकाे लागि सरकारले गरेकाे बन्दाबन्दिकाे कारणले हातमुख जाेडन समस्या परेका अतिविपन्न,असाय,अशक्त,बाहिरबाट अध्ययन गर्न अाई डेरामा बसेका विद्यार्थीहरूकाे लागि राहत वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

रामपुर नगरपालिकाले पहिलाे चरणमा नगरपालिका भित्रका १० सय ६६ घरपरिवारलाई राहत वितरण गरेकाे थियोे र त्यस राहतबाट करिब ४ हजार १ सय ३२ सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए । 

अहिले दास्त्राे चरणमा नगरपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा विभिन्न संघ सस्था,उधाेगी,व्यवसायीहरू सँग सहयाेगकाे अपिल गरेको र रकम सहयाेग प्राप्त भएको र कुहिले सहयाेग गर्ने प्रतिबद्वता जनाएको नगरपालिकाले जनाएको छ । 

अन्धकार बचत तथा ऋण सहकारी सस्थाले १ लाख,रामपुर बचत तथा ऋण सहकारी सस्थाले ९० हजार,एकिकृत मगर उत्थान समाज,नेपाल मगर संघ तथा मगर रेन्जा समुहबाट एकमुष्ठ ८२ हजार ३ सय ९०,क्षेत्री समाज रामपुर पाल्पाबाट २५ हजार १ सय २५,ग्रामिण उत्थान युवा समाजले ३१ हजार ५ सय,पंतनजलि याेग गुठी नेपालबाट २ लाख ६० हजार बराबरको ७५ काटुन साबुन,रामपुर क्यापिटल एन्ड इन्भेस्टमेन्ट प्रालि काठमाडौंबाट २५ हजार,रामपुर उवा संघबाट ५१ हजार,नमस्ते रामपुर यातायातबाट ५० हजार,पाल्पाली समाज पाेखराबाट १० हजार,ग्रामीण विकास बचत तथा ऋण सहकारी सस्थाबाट २५ हजार,बेस नेपालबाट १० हजार ,अार्दश भुपु सैनिक सस्थाबाट २० हजार ,नेपाली काङ्ग्रेस नगर कार्यसमिति रामपुरबाट १ लाख ७७ हजार ८ सय ५६,पुर्वी पाल्पा अाैषधी तथा स्वास्थ्य व्यवसायी संघबाट पञ्जा,मास्क,सेनिटाइजर गरि ५० हजार बराबरकाे राहत सामाग्री ,हातेमालो बचत तथा ऋण सहकारी सस्थाबाट २५ हजार,क्षेत्र नं १ ख माननीय नारायण अार्चायबाट ३० हजार,दुर्गा देवी सामाजिक उधमी महिला कृषि सहकारी सस्थाबाट १५ हजार,रामपुर निर्माण व्यवसायी संघबाट २५ हजार,रामपुर सामाग्री व्यवसायी संघबाट ५२ हजार,निजि तथा अावासिय विधालय प्याब्सन पाल्पाबाट ४० हजार,राष्टिय वाणिज्य बैंक रामपुर शाखाबाट ३० हजार,श्री सुरक्षा बचत तथा ऋण सहकारी सस्थाबाट२५ हजार ५ सय,श्री दियालाे बचत तथा ऋण सहकारी सस्थाबाटफ२५ हजार,राष्ट्रिय पराेपकार महासंघ नेपाल जिल्ला कार्य समिति पाल्पाबाट २५ हजार ,सहिद बहुमुखी क्याम्पसबाट २६ हजार ४ सय ५५,इस्लामी सकृय युवा समाज रामपुरबाट १ एक सय २ परिवारलाई १ लाख २३ हजार ५ सय बराबरको राहत वितरण ,टिम मायावी बाट ५० हजार बराबरको वडा न ५ मा बस्ने अशक्त,अपांग परिवारलाई राहत वितरण ,पुर्वी पाल्पा मजदुर व्यवस्थापन समितिबाट २ सय ११ मजदुरहरूलाई १ लाख ८० हजार बराबरको राहत सामाग्री वितरण गरेको छ । 

राहत वितरण पहिलो चरणमा जस्तै राजनैतिक दलहरू,नगर समन्वय समिति र जनप्रतिनिधिहरूकाेे राेबरबाट पार्दशी तथा विभेहिन तरबले मापदण्डअनुसार वितरण गरिने नगरपालिकाले जनाएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago