किसानको तरकारी लिन गाउँपालिका अध्यक्ष नै किसानको बारिमा

सन्तोस गहतराज, बैशाख ११, पाल्पा
लकडउनको बेलामा बारिमा तयार भएको तरकारी बिकेन भन्ने किसानको चिन्ता बगनासकाली गाउँपालिकाले मेटाइदिएको छ । गाउँपालिकाका अध्यक्ष नै किसानको खेत बारीमै पुगेर तरकारी खरीद गरि आफ्नो क्षेत्रका उपभोक्तालाई घरदैलोमै पुर्याएर बिक्रि बितरण शुरु गरेपछि किसानलाई राहत मिलेको छ । मंगलबार देखी गाउँपालिकाले आफ्नै गाडी प्रयोग गरी ताजा तरकारी उपभोक्ताको घरघरमामा पुर्याउन शुरु गरिएको अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष सहित उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, पालिकामा कार्यरत कृषि प्राविधिकहरू किसानको खेतबारीमा नै पुगेर बन्दाबन्दीको असहज परिस्थितिमा बिक्री नभएको तरकारी खरीद गरी ढुवानी रकम समेत गाउँपालिकाले व्यहोर्ने गरी गाउँपलिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत बगनासकालीका गाउँक्षेत्रमा घरदैलो सेवा सहित खरिद मुल्यमा नै तरकारी बिक्रीवितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको खानीगाउँ, बराङ्दी, देउराली, चापपानीको टोक्से, लिनडाँडा, पोखराथोक, चिर्तुङ्गधारा, राम्दी, दर्लमडाँडा र यम्घा लगायतका क्षेत्रमा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरि सेवा प्रदानगर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो कार्य प्रती उपभोक्ता तथा कृषकहरु हर्षित देखिन्छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago