भविन्द्र गौतम, ११ वैशाख, पाल्पा ।
पहिलो चरणमा राहत लिन छुटेका विपन्न परिवारहरु सबैभन्दा ठूलो मारमा परेका वेला लकडाउन लम्बिएसंगै दास्रो चरण राहत पाउने वा नपाउने अन्योलमा परेका छन् । पारिवार सदस्यका आधारमा सहुलियत दरमा खाद्य सामाग्री उपलव्ध गराउने निर्णय गरेको तानसेन नगरपालिकाले वुधवार अर्को सूचना प्रकाशन गरी राहत वितरणको नयाँ मापदण्ड वनाएसंगै नगरवासी अन्यौलमा परेका हुन् । वैशाख ८ गते नागरिकता वा परिचयपत्र वा मतदाता परिचयपत्र वा लालपुर्जाको साथमा आवस्यक रकम सहित १० गते भित्र निवेदन दिनुपर्ने निती वनाएको नगरपालिकाले अर्को सूचना जारी गर्दै लालपुर्जा र मतदाता नामावलिमा नामसमेत हुनुपर्ने निति वनाएपछी सहुलियत दरमा खाद्य सामाग्री पाउने आशामा वसेका नगरवासी निरास वनेका छन् ।वैशाख १० गते निर्णय संशोधन गरी सम्वन्धित वडाको स्थायी वासिन्दा भएको हुनुपर्ने, सम्वन्धित वडाको मतदाता नामावलिमा नामभएको हुनुपर्ने, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), नागरिकता प्रमाणपत्रको साथमा यस अगाडी राहत नलिएको हुनुपर्ने र नगरको प्रोफाईलमा गरिव परिवार भन्ने उल्लेख भएको हुनुपर्ने भन्दै उल्लिखित प्रकृया पुरा भएकालाई प्राथमिकता दिने जनाए संगै नगरपालिकाको खाद्यान्न वितरण गर्ने निर्णय विवादमा तानिएको छ ।
तानसेन नगरपालिकाको निर्णयले आफ्ना मतदाता लाईमात्र न्याय गर्ला तर वाहिर वाट आएर वसोवास गर्ने, निम्नवर्गिय मजदुर, कोठाभाडामा वस्ने, वाहिरवाट तानसेन आई पढ्न वस्ने विद्यार्थी, सुकुम्वासी, विहानवेलुका छाक टार्न नसक्नेहरुलाई राहत नभई मतदाता जोगाउनका लागी राहत भन्दै विद्यार्थी नेता सुवास गैरे आक्रोश पोख्छन् । पहिलो चरणमा नगरका १४ वडामा वसोवास गर्ने १५९५ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले शंकटका वेला विपन्न नगरवासीलाई वाँच्नका लागी सहयोग गर्नु नगर सरकारको दायित्व हो भन्ने तथ्य विर्सिएर दोस्रो चरणमा राहत वाँड्न मतदाता नामावलिमा नाम र लालपुर्जा खोज्नु निकै विभेदपुर्ण निर्णय मानिएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…