राहत लिन मतदाता नामावली र लालपुर्जा, तानसेन नगरपालिकाको विभेदकारी निर्णय

भविन्द्र गौतम, ११ वैशाख, पाल्पा ।
पहिलो चरणमा राहत लिन छुटेका विपन्न परिवारहरु सबैभन्दा ठूलो मारमा परेका वेला लकडाउन लम्बिएसंगै दास्रो चरण राहत पाउने वा नपाउने अन्योलमा परेका छन् । पारिवार सदस्यका आधारमा सहुलियत दरमा खाद्य सामाग्री उपलव्ध गराउने निर्णय गरेको तानसेन नगरपालिकाले वुधवार अर्को सूचना प्रकाशन गरी राहत वितरणको नयाँ मापदण्ड वनाएसंगै नगरवासी अन्यौलमा परेका हुन् । वैशाख ८ गते नागरिकता वा परिचयपत्र वा मतदाता परिचयपत्र वा लालपुर्जाको साथमा आवस्यक रकम सहित १० गते भित्र निवेदन दिनुपर्ने निती वनाएको नगरपालिकाले अर्को सूचना जारी गर्दै लालपुर्जा र मतदाता नामावलिमा नामसमेत हुनुपर्ने निति वनाएपछी सहुलियत दरमा खाद्य सामाग्री पाउने आशामा वसेका नगरवासी निरास वनेका छन् ।वैशाख १० गते निर्णय संशोधन गरी सम्वन्धित वडाको स्थायी वासिन्दा भएको हुनुपर्ने, सम्वन्धित वडाको मतदाता नामावलिमा नामभएको हुनुपर्ने, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), नागरिकता प्रमाणपत्रको साथमा यस अगाडी राहत नलिएको हुनुपर्ने र नगरको प्रोफाईलमा गरिव परिवार भन्ने उल्लेख भएको हुनुपर्ने भन्दै उल्लिखित प्रकृया पुरा भएकालाई प्राथमिकता दिने जनाए संगै नगरपालिकाको खाद्यान्न वितरण गर्ने निर्णय विवादमा तानिएको छ । परिवारको संख्या आधारमा १५ देखि ३० किलो चामल, बढीमा २ लिटर तेल लगाएका खाद्य सामाग्री राहत पाएका नगरवासी दास्रो चरणको राहत पाउनेमा निकै आशावादी देखिन्थे । एकातिर खाद्यान्न वितरण गरेको आधा महिना बित्दापनी थप राहत पाउने वा नपाउने अलमल थियो भने अर्को तिर नयाँ मापदण्ड र विपन्न परिवारको लागत संकलनमा नगरसरकार अलमलिँदा धेरै नगरवासीको घरमा चुल्लो बल्न धौ भएको थियो । खाद्यन्न वितरणमा स्थानियतहको अलमल, बिपन्नलाइ सास्ती  वडाले तथ्याङक संकलन गर्दा जानकारी नभएर वा केही दिनलाई पुगिहाल्छ किन राहत लिने भनेका विपन्न परिवार सबैभन्दा बढी मार परेका छन् । खाद्यन्न सकिएकाहरुले आफ्ना जनप्रतितिनिहरुलाई हारगुहार गरेपनि त्यसको सुनुवाइ भएको छैन । तानसेन नगरपालिका वडा ६ का तिलक खड्का तानसेन नगरपालिकाले दिएको खाद्यन्न सकिएकाले अप्ठारामो परेको गुनासो गरे । आफ्नो पेशा गरिखान लकडाउन खुलेन नगरपालिकाले दिने सहुलियतको चामल किन्न पैसा पनी नभएको उनको भनाइ छ । पहिलो सूचना अनुसार सहुलियतको खाद्यान्न पाउनका लागी आफ्ना जनप्रतिनिधिलाई नगद रकम समेत वुझाएका नगरवासीले दोस्रो सूचनाको मापदण्डमा नपरेपछी आफुले वुझाएको रकम फिर्ता हुने वा नहुने अन्योलमा परेका छन् ।


तानसेन नगरपालिकाको निर्णयले आफ्ना मतदाता लाईमात्र न्याय गर्ला तर वाहिर वाट आएर वसोवास गर्ने, निम्नवर्गिय मजदुर, कोठाभाडामा वस्ने, वाहिरवाट तानसेन आई पढ्न वस्ने विद्यार्थी, सुकुम्वासी, विहानवेलुका छाक टार्न नसक्नेहरुलाई राहत नभई मतदाता जोगाउनका लागी राहत भन्दै विद्यार्थी नेता सुवास गैरे आक्रोश पोख्छन् । पहिलो चरणमा नगरका १४ वडामा वसोवास गर्ने १५९५ परिवारलाई राहत वितरण गरेको नगरपालिकाले शंकटका वेला विपन्न नगरवासीलाई वाँच्नका लागी सहयोग गर्नु नगर सरकारको दायित्व हो भन्ने तथ्य विर्सिएर दोस्रो चरणमा राहत वाँड्न मतदाता नामावलिमा नाम र लालपुर्जा खोज्नु निकै विभेदपुर्ण निर्णय मानिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago