पर्यटनमन्त्री भट्टराईको आग्रहपछि बुद्ध एयरले घटायो भाडा ।

काठमाडौं, ९ चैत ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टसंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकहरुलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न अनुरोध गरेका थिए ।

मन्त्रीको आग्रह लगत्तै बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको जानकारी दिएको छ । सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरीसकेको छ । अब एकमात्र यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ । शनिबार श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो ।

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टाईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’ का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गरेका थिए । हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि सञ्चालकहरुलाई सम्झाएका थिए ।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाए । मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिएर सञ्चालकहरुले भाडा दर घटाउन सुरु गरेको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago