पर्यटनमन्त्री भट्टराईको आग्रहपछि बुद्ध एयरले घटायो भाडा ।

काठमाडौं, ९ चैत ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टसंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकहरुलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न अनुरोध गरेका थिए ।

मन्त्रीको आग्रह लगत्तै बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको जानकारी दिएको छ । सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरीसकेको छ । अब एकमात्र यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ । शनिबार श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो ।

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टाईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’ का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गरेका थिए । हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि सञ्चालकहरुलाई सम्झाएका थिए ।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाए । मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिएर सञ्चालकहरुले भाडा दर घटाउन सुरु गरेको हो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago