‘सरकार, हामीले सत्ता मागेका होइनौं, पसिनाको मूल्य मागेका हौं’

काठमाडौं उखु किसान संर्घष समिति, कृषि मन्त्रालय, उद्योग मन्त्रालय चिनी उद्योगीसँग सोमबार बस्ने भनिएको वार्ता अबेरसम्म हुनसकेन। यसअघि शुक्रबार बसेको आपतकालीन वार्ताले पनि निष्कर्ष पाउन सकेको थिएन। 

दस दिनदेखि उखु किसान माइतीघर मण्डलमा बक्यौता रकम फिर्ताका लागि आन्दोलन गरिरहेका छन्। किसानको आवाज बुलन्द पार्नकेन्द्रसम्म आएका उनीहरूको आन्दोलन देशको राजनीतिक किचलोमा परेको छ। 

फोटो फाईल

राजनीतिक झमेलाभन्दा पर रहेका सर्लाही सिसौटियाका रामनरेश महतो दस दिनदेखि आन्दोलनमा छन्। चिनी मिलले पैसा नदिएसम्मआन्दोलनमा बस्ने उनको अडान छ। तर देशमा भइरहेको राजनीतिक परिवर्तनले आफूहरूको आन्दोलन ओझेलमा परेको उनले महसुसगरेका छन्। 

स्थानीय सरकारले पैसा दिलाउन सकेन। केन्द्र सरकारले हाम्रो कुरा बुझ्ला कि भनेर यहाँ आएको। सरकारको ध्यान अन्तै पर्‍यो,’ महतोलेभने, ‘यहाँका मान्छे भन्छन् मेयर, सिडियोले पैसा दिलाइदिन्छ। उनीहरूले दिलाइदिएको भए यस्तो जाडोमा हामी किन सडकमा आउनेथियौं ?’

आफूलाई उखु पैसासँग मात्रै मतलब भएको बताउँदै उनी थप्छन्, ‘हामी काम गरिखानेलाई अरू कुरा चासो छैन। देशका ठूलाबडाले केके राजनीति गरिरहेका छन्, हामी बुझ्दैनौं पनि। हामीलाई दुःख गरेको पैसा सजिलै पाए पुग्छ। हाम्रो लागि लाख रूपैयाँ नै ठूलो रकमहो।

बक्यौता तिर्न बाँकी रहेकामध्ये श्रीराम सुगर मिलले किसानको खातामा २५ करोड रूपैयाँ जम्मा गरिसकेको बताएको छ। त्यस्तै लुम्बिनीचिनी मिलले माघ गतेदेखि रकम भुक्तानी गर्ने बताएको छ।

महालक्ष्मी सुगर मिल अन्नपूर्ण सुगर मिलबाट अधिकांशले रकम लिन बाँकी रहेको आन्दोलनरत उखु किसान बताउँछन्। यता मिललेभने रकम भुक्तानी गर्नेबारे आधिकारिक जानकारी दिएको छैन। 

सरकारको ध्यानाकर्षण हुन नसके पनि आन्दोलनबाट पछि नहट्ने उखु किसान संर्घष समितिका अध्यक्ष राम सुवारत रायले बताए। 

यसपटक दुई महिनासम्म आन्दोलन लम्बिए पनि रकम लिएर मात्रै फर्कने रायले अडान राखे। 

सरकारले हामीलाई त्यति वास्ता गरेको छैन। तर पछि हट्दैनौं। सरकार छैन भने देश पनि चल्दैन होला। सरकार हुँदासम्म हामीलाईन्याय चाहिन्छ,’ अध्यक्ष रायले भने, ‘किसानको सरकार भनेर भोट दिएको हो। अहिले हाम्रो कुरा सुन्दैन, समस्यामा सहयोग गर्दैन भनेहामीलाई किन चाहियो यो सरकार?’ 

केही दिन शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारको ध्यानाकर्षण नभए आन्दोलन चर्काउने संर्घष समितिको योजना रहेको अध्यक्ष रायलेजानकारी दिए।

अन्य किसानले सहयोग गरिरहँदा उखु किसानको हौसला बढेको आन्दोलन अझै सशक्त ढंगले अघि बढेको रायले बताए। 

सरकारको अवस्था देखेपछि जनता, नेता, सांसदको ध्यान उतै गएको छ। हाम्रो आन्दोलन के होला? हामीलाई कसले सम्बोधन गर्ला भन्नेचिन्ता बढेको ,’ रायले भने, ‘तर पनि देशमा सरकार , किसानको अधिकारका लागि केही केही पक्कै होला भनेर हामी निरन्तरआन्दोलनमा छौं।

उनले अगाडि भने, ‘सरकारको ध्यान हिजो पनि किसानमाथि थिएन। हुन्थ्यो भने हाम्रो यो दुर्दशा हुने थिएन। हामीले सत्ता मागेका होइनौं, पसिनाको मूल्य मागेका हौं। सरकारको ध्यानाकर्षण होस्।‘ (सेतोपाटीबीट साभार)

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago