रहेनन् गाडी बोक्ने ‘जिउँदा इतिहास’

हेटौंडात्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको मकवानपुरको थाहा नगरपालिका पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो

पक्षघात रोगबाट पीडित उनी पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्थे राति ११ बजे उनको मृत्यु भयो,’ स्थानीयजनप्रतिनिधि चमेली वाइबाले भनिन्, ‘हाम्रो एउटा इतिहासको अन्त्य भयो राणाकालदेखि नै भीमफेदीबाट गाडी बोकेर काठमाडौंपुर्‍याउनेहरूमध्ये पछिल्लो समय उनी मात्र जीवित थिए  अरूको यसअघि नै निधन भइसकेको   त्यति बेला यसै क्षेत्रका केहीबासिन्दाले मात्र गाडी बोक्थे 

बिरामी बुढ्यौलीका कारण घलान वर्षयता घर छाडेर टाढा जान सकेका थिएनन्  पछिल्लो समय पक्षघातसँगै दुवै घुँडा दुख्नेसमस्या थियो आफूसँग गाडी बोक्नेहरू सबै मरिसके, अब मात्र बाँकी छु,’ उनी भन्थे  सँगै गाडी बोक्ने छिमेकी जुक्तबहादुरवाइबाको मृत्यु भएपछि एक्लो महसुस भएको घलान सुनाउँथे  वाइबाको तीन वर्षअघि मृत्यु भएको थियो 

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए  उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए  घलानले लगातार २५वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याए त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिएअहिले गाडीले मान्छे बोक्छत्यति बेला मान्छेले गाडी बोक्थे,’ घलान भन्ने गर्थे  उनका अनुसार आफूहरूले गाडी बोकेर काठमाडौं पुर्‍याएको सुनाउँदा नयाँ पुस्तालेपत्याउँदैनथ्यो गाडी पनि बोक्न सकिन्छ भन्दै नातिनातिना उल्टै जिस्क्याउँथे,’ उनी भन्थे 

घलानका अनुसार आफू बलियो अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे सुरुमा उनले ३२ जनाकोटोलीमा साना गाडी बोकेका थिए सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिसदिएका थिए  घलानका दुई छोरा तीन छोरी छन् 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago