रहेनन् गाडी बोक्ने ‘जिउँदा इतिहास’

हेटौंडात्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको मकवानपुरको थाहा नगरपालिका पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो

पक्षघात रोगबाट पीडित उनी पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्थे राति ११ बजे उनको मृत्यु भयो,’ स्थानीयजनप्रतिनिधि चमेली वाइबाले भनिन्, ‘हाम्रो एउटा इतिहासको अन्त्य भयो राणाकालदेखि नै भीमफेदीबाट गाडी बोकेर काठमाडौंपुर्‍याउनेहरूमध्ये पछिल्लो समय उनी मात्र जीवित थिए  अरूको यसअघि नै निधन भइसकेको   त्यति बेला यसै क्षेत्रका केहीबासिन्दाले मात्र गाडी बोक्थे 

बिरामी बुढ्यौलीका कारण घलान वर्षयता घर छाडेर टाढा जान सकेका थिएनन्  पछिल्लो समय पक्षघातसँगै दुवै घुँडा दुख्नेसमस्या थियो आफूसँग गाडी बोक्नेहरू सबै मरिसके, अब मात्र बाँकी छु,’ उनी भन्थे  सँगै गाडी बोक्ने छिमेकी जुक्तबहादुरवाइबाको मृत्यु भएपछि एक्लो महसुस भएको घलान सुनाउँथे  वाइबाको तीन वर्षअघि मृत्यु भएको थियो 

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए  उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए  घलानले लगातार २५वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याए त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिएअहिले गाडीले मान्छे बोक्छत्यति बेला मान्छेले गाडी बोक्थे,’ घलान भन्ने गर्थे  उनका अनुसार आफूहरूले गाडी बोकेर काठमाडौं पुर्‍याएको सुनाउँदा नयाँ पुस्तालेपत्याउँदैनथ्यो गाडी पनि बोक्न सकिन्छ भन्दै नातिनातिना उल्टै जिस्क्याउँथे,’ उनी भन्थे 

घलानका अनुसार आफू बलियो अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे सुरुमा उनले ३२ जनाकोटोलीमा साना गाडी बोकेका थिए सात दिनमै गाडी बोकेर काठमाडौं पुर्‍याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिसदिएका थिए  घलानका दुई छोरा तीन छोरी छन् 

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago