नेकपा विवाद अब चुनाव चिन्हमा, कसले पाउला सूर्य ?

काठमाडौ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै अध्यक्षबाट हटाउने पुष्पकमल दाहालप्रचण्डमाधवकुमार नेपाल समूहको निर्णयपछि नेकपा विभाजन निश्चित भएको ओली प्रचण्डमाधव नेपाल दुवै पक्षले आफूहरु नैनेकपाको मूलधार भएको दावी शुरु गरेका छन् ओलीले सोमबार नै नेकपाको केन्द्रीय समिति विस्तार गरी ५५६ जना सदस्य थप गरेकाछन् नेकपामा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेकपाको प्रथम अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समिति विस्तारगरेका हुन्

फोटो फाईल

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि प्रवक्ता ज्ञवालीले यसअघि२०७५ जेठ गते जस्तै सोमबार केन्द्रीय समितिमा सदस्य थपिएको बताए यसअघि पनि मनोनित गरेर समिति बनाइएको यसपटकपनि सोही प्रक्रियाबाट मनोनित गरिएको ज्ञवालीले बताएका छन्

थपिएका केन्द्रीय सदस्यको बहुमत देखाएर ओली पक्षले चुनाव चिन्ह सूर्य आफ्नो पक्षमा पार्ने कोशिस गरेको मौजुदा केन्द्रीयकमिटीका बहुमत सदस्य प्रचण्डनेपालसँग भएपनि ओली पक्षले उनीहरुको बैठकलाई वैधानिकता दिन मानेको छैन

अध्यक्ष, महासचिव माइन्युट विनापनि बैठक हुन्छ ?’ ओली पक्षका प्रवक्ता ज्ञवालीले प्रश्न गरे नेकपा विधानमा अध्यक्षसँगकोपरामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था महासचिव बिनाको बैठक भएकाले प्रचण्डनेपालको भेलाले गरेको निर्णयकोवैधानिकता नहुने ओली पक्षको विश्लेषण यही आधारमा सूर्य चिन्ह आफूहरुको पक्षमा आउने सो समूहका एक केन्द्रीय सदस्यलेदावी गरे

यता प्रचण्डनेपाल समूहले भने आफूहरुसँग ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दावीसहित आफूहरुको बैठक आधिकारीक भएको दावीगरेका छन् मंगलवार बबरमहलको एक पार्टी प्यालेसमा भएको भेलामा प्रचण्डले निर्वाचन आयोगतर्फ संकेत गर्दै ६५ प्रतिशतलेवैधानिकता पाउनु पर्ने बताएका थिए यो मञ्चबाट बाहिर पनि सन्देश दिनुछ, आधिकारिक नेकपा हामी हौं, यहाँ माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा लगायतका नेताहरु हुनुहुन्छप्रचण्डले भनेका थिए

फोटो फाईल

प्रचण्डनेपाल लगायतले ओली पक्षीय केन्द्रीय सदस्यको बैठकलाईगुटको भेलाको संज्ञा दिदै आफूहरुको भेलालाई औपचारिकबैठक दावी गरे आजै आफू पक्षीय बैठकबाट अध्यक्ष चयन भएका नेपालले आफूहरुको बैठक नेकपाकै वैधानिक बैठक भन्दै चुनावचिन्ह सूर्यमा धावा नबोल्न चेतावनी दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए

संख्यात्मक रुपमा धेरै थोरै जे भएपनि चुनाव चिन्ह सूर्य जसको पक्षमा जाने उही नेकपाको मूलधार हुने केन्द्रीय सदस्यहरु बताउँछन् पार्टी लगभग अलग भयो अबको लडाइँ चुनाव चिन्हमा हुनेछ,’ प्रचण्डनेपाल पक्षका एक केन्द्रीय सदस्यले भने जनतामाझलोकप्रिय भइसकेको सूर्य चिन्हलाई नेकपाको अचल सम्पत्तिको रुपमा व्याख्या गर्नेहरु छन्

विगतमा नेपाली कांग्रेस विभाजन हुँदा चुनाव चिन्ह आधिकारिकताको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो २०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजनको अवस्थामा पुगेको थियो देउवालेतत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पार्टीबाट निस्कासन गरेको दावी गरेका थिए पछि गिरिजाप्रसाद कोइराला सभापतिरहेको कांग्रेसले वैधानिकता पायो देउवाको कांग्रेस प्रजातान्त्रिकले कलश चुनाव चिन्ह पाएको थियो

चुनाव चिन्हलाई लिएर नेकपाको विवाद पनि निर्वाचन आयोगमा पुगिसकेको प्रचण्डनेपाल पक्षले ओलीमाथि अनुशासनकोकारर्वाही गरेको पत्र सोमवार नै बुझाइसकेको ओली पक्षले पनि केन्द्रीय समिति विस्तारको निर्णय आयोगमा बुझाइसकेको

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मंगलवार बालुवाटारमा आफू पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठकमा आगामी निर्वाचनमाप्रत्यक्ष तर्फ १२० सीट समानुपातिक तर्फ ५० लाख भोट ल्याउने दावी गरेका छन् २०५१ सालमा वृद्धभत्ताको कार्यक्रम ल्याएदेखि नैवृद्धवृद्धाले सूर्य चिन्हले भत्ता दिएको बताउने गरेका छन् जनतामा छाप पारेको सूर्य चिन्हको लिगेसी लिनको लागि नेकपामा चुनावचिन्हको लागि दुवै पक्षले हदैसम्मको प्रयास गर्ने देखिएको

पूर्व माओवादीले यसअघि हँसिया हथौडा चुनाव चिन्ह प्रयोग गरेको थियो माओवादीले प्रयोग गरेको चुनाव चिन्हप्रति सर्वसाधारणझुक्किएका थिए चुनाव चिन्हमा झुक्किँदा प्रत्यक्ष तर्फ उम्मेदवार नै नभएको ठाउमा पनि नेकपा मालेले भोट पाएको थियो प्रचण्डनेपाल क्याम्पमा रहेका माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पटक पटक सूर्य चिन्हबाट चुनाव जितेका कारण सूर्य चिन्हछाड्नुपर्ने अवस्था उनीहरुका लागि कष्टकर हुने नेकपा वृत्तमा टिप्पणी सुनिन्छ

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago