फाइल फोटो
काठमाडौं, मंसिर ८ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड २०२०मा ‘पपुलारिटी अवार्ड’ जित्न सफल भएको छ ।
रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिष्पर्धीहरुले सहभागिता जनाएका थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त, दुरुस्त, छिटो छरिता एवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।
यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…