ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने

ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङपछि रातो रङ लगाउने भएको हो

हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो उहाँलेभन्नुभयो, “यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन् यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन् गतवर्षझँै यस वर्ष पनि साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको महर्जनले जानकारी गराउनुभयो

फोटो फाईल

हाल लपु महानगरपालिकाको वाग्मती पुलदेखि लगनखेल तथा पुल्चोकदेखि ग्वार्काे लगनखेलबाट मङ्गलबजार हुँदै पाटन दरबारआसपास क्षेत्रका सडकमा हरियो रङ कहीँ पोतियो कहीँ पोतिँदैछ अहिले पोतिँदै गरेको हरियो रङमा साइकल चढ्नेलाई मात्रप्राथमिकता दिइने भनिए तापनि अब पोतिने रातो रङमा केवल साइकल मात्रै गुड्न पाउने महर्जनको भनाइ

अहिले महानगरभित्र . किलोमिटर साइकल लेन बनेको आफू काठमाडौँ उपत्यका मेयर फोरमको उपाध्यक्ष भएका नातालेफोरमको बैठकमा पटकपटक अन्य मेयरसमक्ष साइकल लेनलाई विस्तार गरेर आफ्नो नगर तथा महानगरतर्फ लैजान सुझाव दिइरहेकोछु”, उहाँले भन्नुभयो, “एकतर्फ पहिलो चरणमा वाग्मती पुल हुँदै बूढानीलकण्ठ अनि त्यसपछि दोस्रो चरणमा त्यहाँबाट शिवपुरी अर्काेतर्फ लगनखेल हुँदै गोदावरी उद्यानसम्म लेन बनाएर लान सबै मेयरसमक्ष मेरो आग्रह

ललितपुरको गोदावरी उद्यानदेखि काठमाडौँको शिवपुरीसम्म लगभग ३५ देखि ४० किलोमिटर साइकल लेन बनाइनेमा अन्य नगरकाप्रमुख पनि सकारात्मक नै रहेका प्रमुख महर्जनले बताउनुभयो हाल सडकमा दैनिक चलिरहेका यातायातले बढी मात्रामा वातावरणप्रदूषण गर्ने हुँदा साइकलको प्रयोगले वातावरण स्वच्छ हुनेछ

ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरिरहेता पनि ऐन भने हालसम्म बनाउन सकेको छैन

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago